म्याग्दीका अग्रज कलाकार नरबहादुरलाई सम्मान

म्याग्दीका अग्रज कलाकार नरबहादुर बिसीलाई बिहीबार बेनीमा सम्मान गरिएको छ । म्याग्दी उद्योग वाणिज्य सङ्घले यहाँ आयोजित पाँचाँै म्याग्दी महोत्सवको अवसरमा बरङ्जा घर भई हाल काठमाडौँमा बस्दै आउनुभएका बिसीलाई सम्मान गरेको हो ।
बिसीले म्याग्दीको लोकगीत र लोक साहित्यको विकासमा महत्वपूर्ण योगदान पु¥याएकाले सम्मान गरिएको सङ्घका महासचिव राजेश शाक्यले जानकारी दिनुभयो । नेपाल उद्योग वाणिज्य महासङ्घका केन्द्रीय सदस्य प्रमोद श्रेष्ठ, पूर्व क्षेत्रीय सभापति सूर्यप्रसाद मर्सानी, पूर्व अध्यक्ष कुविर श्रेष्ठलगायत सङ्घका पदाधिकारीले दोसल्ला र प्रशंसापत्र प्रदान गरी बिसीलाई सम्मान गर्नुभएको थियो । सम्मानित व्यक्तित्व बिसीले सम्मानबाट म्याग्दीको लोक संस्कृति, कला र साहित्यको संरक्षण एवम् प्रवद्र्धनमा थप सक्रिय बन्ने ऊर्जा मिलेको बताउनुभयो ।