तेहरान, ११ चैत । २३ वर्ष मुनिको एएफसी च्याम्पियनसिप छनोट फुटबल अन्तरगत दोस्रो खेलमा आज नेपालले अफगानिस्तानसंग खेल्दैछ । तेहरानमा हुने खेल नेपाली समय अनुसार साँझ सवा ६ बजेपछि शुरु हुनेछ । इरानसंगको पहिलो खेलमा नेपाली टोलि ५—० गोलले स्तब्ध भएको थियो । आफ्गानिस्तान पनि प्यालेष्टाइनसंग २—० ले पराजित भएको टिम हो । नेपाल र आफ्गानिस्तान दुबै टिमलाई अघिल्लो चरण प्रवेशका लागि आजको खेल जित्नै पर्ने दबाब छ । नेपाली टिमका प्रशिक्षक ज्याक स्टेफानोस्किले आफ्गानिस्तान विरुद्ध नेपालले जित निकाल्ने दाबी गर्नु भएको छ । प्रतियोगिताका समूहका विजेता तथा उत्कृष्ट पाँचवटा उपविजेता देशले अर्काे वर्ष कतारमा हुने एएफसी च्याम्पियनसिप खेल्न पाउनेछन् । नेपालले अब अर्को खेल मार्र्च २९ मा साउदी अरब र ३१ मा प्यालेष्टाइन विरुद्ध खेल्नेछ ।
अफगानिस्तानसँग नेपाल भिड्दै






