आज ६५औं राष्ट्रिय प्रजातन्त्र दिवस, विभिन्न कार्यक्रम गरि मनाइँदै

Sahidकाठमाडौं- आज ६५ औं राष्ट्रिय प्रजातन्त्र दिवस देशभर विभिन्न कार्यक्रम गर्दै मनाइँदै छ ।

७ फागुन २००७ मा प्रजातन्त्र स्थापना भएको सम्झनामा हरेक वर्ष प्रजातन्त्र मानाईने गरिएको छ ।

१०४ वर्षीय जहानियाँ राणाशासनको अन्त्य गर्दै राजा त्रिभुवनले नेपालमा प्रजातन्त्र स्थापना भएको घोषणा गरेका थिए । राजा त्रिभुवनको घोषणा पछि राणा र नेपाली कांग्रेस सम्मिलित सरकार गठन भई प्रजातान्त्रिक शासनकालको सूत्रपात भएको थियो ।

प्रजातन्त्रको स्थापनाका लागि शुक्रराज शास्त्री, दशरथ चन्द, धर्मभक्त माथेमा र गंगालाल श्रेष्ठले विसं १९९७ माघमा बलिदानी दिएका थिए ।

प्रजातन्त्र स्थापना भएको सम्झनामा सरकारले प्रत्येक वर्ष टुडिँखेलमा ओपचारिक कार्यक्रमको आयोजना गर्दै आएको छ ।