आचरण सिकाउन नवनियुक्त राजदूतलाई तालिम

काठमाडौं- विभिन्न मुलुकका लागि नयाँ राजदूत नियुक्ति प्रक्रिया अघि बढेसँगै नवनियुक्त राजदूतलाई तालिम दिइने भएको छ । परराष्ट्र मामिला अध्ययन प्रतिष्ठानले यही माघ दोस्रो सातादेखि नयाँ राजदूतलाई तालिम दिने तयारी गरेको हो ।

पाँच दिने तालिममा परराष्ट्र सेवाका करियर राजदूत र रानीतिक नियुक्ति दुवै थरी राजदूत सहभागी हुने प्रतिष्ठानले जनाएको छ ।

तालिममा आफ्नो कार्यकालमा राजदूतहरुले अपनाउनु पर्ने जिम्मेवारी, कूटनीति आचरण, व्यवहार, मर्यादा, नेपालको प्राथमिकता जस्ता पक्षमा केन्द्रित रहने प्रतिष्ठानले नवनियुक्त राजदूतलाई तालिम प्रदान गर्दै आएको छ । प्रतिष्ठान परराष्ट्र मन्त्रालय मातहतको अर्धसरकारी निकाय हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *