लन्डन । गोर्खाली समाज यूकेको अध्यक्षमा कर्ण दर्लामी निर्वाचित भएका छन् । समाजको अल्डरसटमा शनिबार सम्पन्न सातौं अधिवेशनले दर्लामीको अध्यक्षतामा निर्विरोध नयां कार्यसमिति चयन गरेको हो । नयां समितिको उपाध्यक्षहरुमा हेम गुरुङ,हरिभक्त न्यौपाने,र टकमाया गुरुङ चुनिएका छन् ।
यसैबीच महासचिवमा अशोक ढकाल तथा युवा संयोजकमा राजेन्द्र गुरुङ र कोषाध्यक्षमा हिमाली गुरुङ चयन भएका छन् । बाँकी पद कार्यसमितिले पछि पूर्ति गर्ने बताइएको छ ।
यसअघि निवर्तमान अध्यक्ष जयप्रकाश गुरुङको अध्यक्षतामा अधिवेशनको उद्घाटन सत्र सम्पन्न भएको थियो ।







