विवादमा फसे अक्षय र ट्विंकल

एजेन्सी। फिल्म रुस्तममा लगाएको वर्दी लिलामीको समाचार सार्वजनिक भएपछि बलिउड अभिनेता अक्षय कुमार र ट्विंकल खन्ना विवादमा परेका छन्। वर्दी लिलामीको निर्णयप्रति असन्तुष्टि जनाउँदै अफिसर संदीप अहलावतले  भनेका छन्, ‘यो एउटा युनिफर्ममात्र होइन, यो सम्मान र बलिदान पनि हो। त्यसकारण यदि उहाँहरुले यो वर्दी लिलामी गर्ने निर्णय गरेको हो भने त्यसले उहाँहरुलाई अदालतसम्म लैजान सक्छ।’

संदीप अहलावतको यो ट्विटको जवाफमा ट्विंकलले लेखेकी छन्, ‘एउटा समाजका रुपमा फिल्ममा प्रयोग गरिएको वर्दी बेचेर च्यारिटीका लागि पैसा जुटाइरहेकी महिलालाई धम्की दिनु ठिक हो? म यो धम्कीलाई वास्ता नगरी यस विरुद्ध कानुनी उपचार खोज्छु।’

अक्षय कुमारले ट्विटरमा आफ्नो वर्दी लिलाम गर्ने जानकारी दिएका थिए। उनले आफ्नो ट्विटरमा लिलाम गर्न चाहनेकालागि भन्दै वेबसाइटको लिंक पनि दिएका थिए। ट्विटमा लेखिएको छ, ‘विश्वभरबाट कसैले पनि यो वर्दीको मूल्य गर्न सक्छ।’

अक्षय कुमारको यो पोस्टप्रति आपत्ति जनाउँदै संदीपले अर्को जवाफी ट्विट गरेका छन्। अक्षय कुमारको फिल्म रुस्तम २०१६ मा रिलीज भएको थियो। फिल्ममा अक्षय कुमार मुख्य भूमिकामा थिइन् इलियाना डी क्रुज।  यो फिल्मले नौ दिनमा १०१.०८ करोडको व्यापार गरेको थियो।