काठमाडौ । चर्चित नायिका पूजा शर्माले आफ्नो बिहे योजनाको बारेमा बताएकी छन्न ।
अबको २-३ बर्षमा बिहे गर्छु । अनी बिहेपछि चलचित्र खेल्दिनँ ।’ पूजाले भनिन् ।
पूजाका अनुसार उनी बिहेपछि चलचित्र नखेलेर परिवारलाई राम्रोसँग सम्हाल्नतर्फ लाग्नेछिन् । पूजाले अहिले नै आफू प्रेममा रहेको कुरालाई स्विकार गरेकी छैनन् । यसै क्रम मा, उनले भनिन्-‘मलाई माया गर्ने मान्छे संसारकै उत्कृष्ट होस् । अहिले, एक जना मान्छे नजरमा परेका छन् । उनको बानी ब्यहोरादेखि हरेक कुरा मैले परिक्षण गरिरहेको छु ।’






