लोडसेडिङ हटाउन अवरोध गर्ने प्रधिकरणका ३ हाकिम बर्खास्त

काठमाडौं– ऊर्जा मन्त्रालयमा जनार्दन शर्मा मन्त्री भएर आएसँगै नेपाल विद्युत प्राधिकरणमा नियुक्त भएका नयाँ कार्यकारी निर्देशक कुलमान घिसिङलाई असहयोग गरेर लोडसेडिङ हटाउने अभियानमा अवरोध गर्ने तीन हाकिम बर्खास्तीमा परेका छन् ।

ऊर्जा मन्त्रालयले सञ्चालक समिति सदस्यहरु मनोज कुमार मिश्र, लक्ष्मण अग्रवाल, र सुरज लामिछानेलाई बर्खास्त गरेको हो ।
उनीहरुलाई यसअघि मन्त्रालयले स्पष्टिकरण सोधेको तर चित्तबुझ्दो जवाफ नदिएपछि बर्खास्त गरिएको हो ।

नेपाल विद्युत प्राधिकरणबाट घिसिङलाई हटाउन उनीहरुले भित्रि खेल समेत खेलेको आरोप लागेको थियो ।