बेलायती इतिहासकै ठूलो चोरी

thiefलन्डन- लन्डनको ह्याटन गार्डेनको गरगहना पसल रहेको इलाकामा इस्टर्न साताको अन्त्यतिर भएको चोरी बेलायतको कानुनी इतिहासमै सबैभन्दा ठूलो भएको सरकारी वकिलले बताएका छन् ।

करिब १ करोड ४० लाख पाउन्ड (दुई करोड १० लाख अमेरिकी डलर) बराबरको चोरी उक्त घटनामा भएको उनले बताए ।

चोरले अत्याधुनिक तरिकाले गहना भण्डारण गरिएको पसलका भित्तालाई खोपेर ७३ वटा गहना राख्ने बाकसलाई चोरेको वकिलले सोमबार बताएका हुन् ।

यसै आरोपमा सुरक्षा नियन्त्रणमा लिइएका चार जना चोरका नाइकेले आफ्नो अपराधलाई स्वीकार गर्दै घटनाको जिम्मा लिएको बताइएको छ ।

चोरी आरोपमा पक्राउ परेका चार जना अन्यको मुद्दाका बारेमा उलविच क्राउन कोर्टमा सुनुवाई भइरहेको छ ।

गहना पसलमा भएको चोरीको बेलायतभरीका सञ्चारमाध्यमले व्यापक कभरेज गरेका थिए ।