काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी ९नेकपा० कर्णाली प्रदेशका संसदीय दलका नेता तथा मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले गुलाबजङ्ग शाहलाई प्रमुख सचेतकको जिम्मेवारीबाट हटाएका छन् ।
कामकारबाही सन्तोषजनक नभएको भन्दै शाहलाई आज प्रमुख सचेतकबाट हटाइएको मुख्यमन्त्री शाहीले जानकारी गराएका हुन् । मुख्यमन्त्री शाहीले आज नै प्रमुख सचेतकको जिम्मेवारी प्रदेश सांसद सीता नेपालीलाई दिएका छन् ।
नेपाली यसअघि सचेतक थिए। शाहलाई हटाएर नेपालीलाई जिम्मेवारी दिइएको जानकारी पार्टी प्रदेश कमिटी र प्रदेश सभा सचिवालयलाई समेत जानकारी गराइसकेको मुख्यमन्त्री शाहीको सचिवालयले जनाएको छ।
हिजोमात्रै नेकपाका १८ जना सांसद दलका नेता शाहीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरएका थिए । दलको नेताविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएपछि प्रमुख सचेतक शाहले आज नै दलको बैठक बोलाएका छन् ।
नेकपा कर्णाली प्रदेशमा लामो समयदेखि रस्साकस्सी बहुमत सांसदले दलको नेताविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरेपछि सतहमा आएको छ ।






