बेलायतमा कोरोना कहर : एकैदिन ६५ जनाको मृत्यु

लण्डन । युकेमा कोरोना संक्रमणका कारण एकैदिन ६५ जनाको मृत्यु भएको छ । हालसम्म कोरोना संक्रमणबाट युकेमा ४२ हजार ८२५ जनाको मृत्यु भएको छ ।

पछिल्लो २४ घण्टामा झण्डै १३ हजार कोरोना संक्रमित थपिएका छन् । युकेमा कोरोना संक्रमितको संख्या ६ लाख ३ हजार नाघेको छ । रिपोर्टका अनुसार ४४२ जनाको अवस्था गम्भीर रहेको छ ।