लण्डन । बेलायतको नर्दन आयरल्याण्डमा बस्ने नेपालीहरुले मातृभूमि नेपालमा कोभिड १९ संक्रमितको उपचारका लागि विभिन्न अस्पतालमा स्वास्थ्य उपचार सामाग्री अक्सिजन मेसीनहरु उपलब्ध गराएका छन् । गैर आवासीय नेपाली संघ (एनआरएनए) युकेका उपाध्यक्ष नारायण कंडेलको पहलमा नर्दन आयरल्याण्डमा बस्ने नेपालीहरुबाट ३ हजार चार सय ९१ पाउण्ड अर्थात ५ लाख २५ हजार बढी नेपाली रकम संकलन गरेका थिए । सहयोगीहरुबाट जम्मा भएको उक्त रकमबाट अमेरिकामा बनेका निडेक नुवो लाइट फाइभ एलएमका ५ ओटा अक्सिजन कन्सन्ट्रेटर मेसीनहरु बागलुङ, चितवन तथा दोलखाका विभिन्न अस्पतालहरुलाई उपलब्ध गराइएको हो ।
बेलायतका अस्पताल तथा स्वास्थ्य संस्थामा समेत प्रयोग भइरहेका उच्च प्रविधि युक्त ति मेसिनहरु कोरोना भाईरसका विरामीहरुलाई अक्सिजन दिनका लागि अत्यन्तै प्रभावकारी मानिन्छन् । नर्दन आयरल्याण्डमा बस्ने नेपालीहरुका तर्फबाट नेपालका कारोना प्रभावित विभिन्न अस्पतालमा कोरोनाका विरामीहरुलाई प्राणवायु दिने ५ ओटा अक्सिजन मेसिनहरु पठाउने कार्यमा सहयोग सवैलाई कंडेलले धन्यवाद दिए । उक्त सहयोग अभियानमा देव बहादुर पाठक तथा गिता पाठकले ६५०, नारायण कडेल तथा शान्ति कडेल ४३० पाउण्ड भुमिश्वर सापकोटा तथा कमला सापकोटा २२० पाउण्ड सहयोग गरेका छन् । त्यस्तै कृष्ण निउरे तथा हिरा निउरे, टिकाराम कडेल तथा शुमित्रा कडेल, रामु खड्का तथा गोमा खाड्का, छम बहादुर रेग्मी तथा कल्पना रेग्मी, तेज बहादुर रेग्मी तथा अनिता रेग्मी, राम प्रसाद निउरे तथा अमृता निउरे, रेशम शुबेदी तथा हरी सुबेदी, बल बहादुर थापा तथा विजया कार्कि थापा, पुरन अग्रवालले १०१ पाउण्ड सहयोग गरेका छन् ।
यसैगरी कुलराज कडेल राजु तथा पार्वती कडेलले ५५ पाउण्ड सहयोग गरे भने दिलिप आचार्य तथा श्रृजना आचार्य, परशुराम पौडेल रमेश तथा मोना पौडेल, प्रकास आचार्य तथा गिता आचार्य, लिला निउरे तथा भिमा निउरे, विष्णु क्षेत्री तथा कल्पना क्षेत्री, खडानन्द ढकाल र संगिता ढकाल, धर्मराज अधिकारी तथा अनिता भट्ट अधिकारी, तुलसी राम पौडेल तथा सफला पण्डित पौडेल, देबीलाल निउरे तथा जुना निउरे, लक्ष्मण निउरे तथा लक्ष्मी निउरे, बलराम कडेल तथा लक्ष्मी कडेल, शिव प्रसाद सापकोटा तथा कल्पना सापकोटा, खगराज कडेल तथा जमुना कडेल, मुक्ती कडेल तथा पुनम कडेल, अमर बहादुर खत्री तथा पुनम खत्री, गुरु प्रसाद आचार्य तथा लक्ष्मी आचार्य, लक्ष्मण चिमरिया तथा सरस्वती चिमरिया, जनक अधिकारी तथा ज्योती अधिकारी, सुभाष भण्डारी तथा सनम पोखरेल भण्डारी, राम प्रसाद शर्मा तथा शारदा शर्मा भण्डारी, दिल प्रसाद गैरे तथा विष्णु गैरे, दिन बहादुर थापा तथा जमुना थापा सबैले ५१ पाउण्डका दरले आर्थिक सहायता प्रदान गरेका छन् । गंगादत्त कडेल तथा राधिका कडेल, राजेन्द्र कडेल तथा पवित्रा कडेल, हिरा लाल कडेल तथा विमला रिजाल कडेलले प्रति दम्पती २५ तथा कृष्ण चापागाई तथा सिता चापागाईले २१ पाउण्ड सहयोग गरेका छन् ।






