थ्रिस्टार उपाधिनजिक थ्रिस्टार उपाधिनजिक

काठमाण्डाै २६ असाेज । एपिएफलाई हराउँदै ललितपुरको थ्रीस्टार क्लब राजधानीमा जारी राष्ट्रिय लिग फुटबल प्रतियोगिताको उपाधि नजिक पुगेको छ। ललितपुरको एन्फा कम्प्लेक्समा मंगलबार भएको खेलमा सशस्त्र प्रहरी बललाई ३–१ ले पराजित गरेको हो। १५ खेलबाट ३२ अंक भएको थ्रिस्टार शीर्ष स्थानमा उक्लिएको छ। थ्रीस्टारलाई जिताउन नाइजेरियन खेलाडी ओलावालेले दुई तथा विजय गुरुङले एक गोल गरे। सशस्त्रका लागि गणेश लावतीले एक सान्त्वना गोल फर्काएका थिए।

आजको हारसँगै समान खेलबाट २३ अंक बटुलेको सशस्त्र पाँचौ स्थानमा छ। लिगमा १५ खेलबाट ३० अंकको त्रिभुवन आर्मी दोस्रो स्थानमा छ। यस्तै एक खेल कम खेलेको मनाङको २८ अंक छ।

लिग अन्तर्गत बुधबार मनाङ र नेपाल पुलिस क्लब भिड्दै छन्। मनाङले यो खेल जिते उपाधि होडमा मनाङ, थ्रिस्टार र आर्मीको रोमाञ्चक हुने देखिएको छ।