आइसिसी विश्व लिग क्रिकेट डिभिजन दुईअन्तर्गत समूह चरणको अन्तिम खेलमा नेपाल आज केन्यासँग पाँच विकेटले पराजित भएको छ । नामिबियाको राजधानी विन्डहोकमा भएको सो प्रतियोगितामा टस जितेर पहिले फिल्डिङ रोजेको केन्याले नेपालले दिएको १९५ रनको चुनौतीलाई ३५ ओभरमा नै पूरा गर्दै विजयी भयो । केन्याले ३५ ओभरमा पाँच विकेट गुमाउँदै नेपालको चुनौतीलाई पूरा गरेको हो ।
यस हारसँगै नेपालको डिभिजन एकमा प्रवेश गर्ने सपना भने चकनाचुर हुन पुगेको छ । नेपाल डिभिजन एकमा बढुवा नभएता पनि नेपाली क्रिकेट इतिहासमा भने ठूलै उपलब्धि हासिल गरेको छ । प्रतियोगितामा नेपाल शीर्ष चारभित्रै रहँदै डिभिजन दुईमा यथावत् रहन सफल भएको छ ।
त्यस्तै प्रतियोगितामा ६ अङ्क जोडेको नेपाल रनरेटका आधारमा डिभिजन एकमा प्रवेश गर्नबाट वञ्चित बनेको हो । समान ६ अङ्क नै जोडेको नेदरल्यान्ड्सले आज युगान्डालाई सात विकेटले पराजित गरेपछि नेपाल डिभिजन एकमा प्रवेश गर्नबाट वञ्चित बनेको हो । प्रतियोगितामा पहिले ब्याटिङ गरेको नेपालको ४९.५ ओभरमा सबै विकेट गुमाउँदै १९४ रनको योगफल तयार गरेको थियो ।
जारी प्रतियोगितामा पाँच खेल खेलेको नेपालले तीन खेलमा जित तथा दुई खेलमा हार भोग्यो । प्रतियोगितामा सबैभन्दा अचम्मको कुरा त नेपालले सबैभन्दा शक्तिशाली मानिएको राष्ट्रलाई पराजित ग¥यो भने प्रतियोगितामा सबैभन्दा कमजोर मानिएको टिमसँग हार बेहोर्न पुग्यो ।
नेपाल पराजित






