दक्षिण अफ्रिकाको जोहानेसबर्गको सोवेतो नगरमा विदेशी नागरिकको स्वामित्वमा रहेका दर्जनौँ पसलमा लुटपाट भएपछि प्रहरीले १५३ व्यक्तिलाई पक्राउ गरेको छ भने राष्ट्रपति ज्याकोब जुमाले शान्ति व्यवस्थाका कायम गर्न आग्रह गर्नुभएको छ । राष्ट्रपतिको कार्यालयले शुक्रबार जारी गरेको विज्ञप्तिमा राष्ट्रपतिले सुरक्षा निकाय, प्रान्त तथा स्थानीय सरकारलाई परिस्थितिलाई नियन्त्रणमा लिन र सामान्य बनाउन आदेश दिनुभएको जानकारी दिइएको छ ।
लुटपाट आरम्भ भएपछि हालसम्म १५३ व्यक्तिलाई पक्राउ गरिएको जानकारी प्रहरीले दिएको छ । सोमबार उक्त नगरमा एक नवयुवकले एक विदेशी व्यापारीलाई लुट्न प्रयास गरेपछि निजले ती युवकलाई गोली हानी मारेपछि उक्त लुटपात आरम्भ भएको हो । प्रहरी प्रवक्ता के माखुबेलाले सोमाली नागरिकको स्वामित्वमा रहेको कम्तीमा ८० पसल गत केही दिनमा लुटिएको जानकारी दिए । बुधबार दोस्रो व्यक्तिको पनि मृत्युभएको छ र प्रहरीले यस विषयमा अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।
दक्षिण अफ्रिकामा १५३ पक्राउ






