लन्डन– नवलपुर जिल्ला समाज यूकेको पहिलो अधिवेशनले सर्वसम्मत संस्थाको नयाँ नेतृत्व चयन गरेको छ । अप्रिल १४ तारिख आइतबार अल्डरसटको एम्पायर हलमा सम्पन्न अधिवेशनबाट तदर्थ समितिकै अध्यक्ष ईन्द्रजित सारु मगरको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरिएको हो ।
नयाँ कार्यसमितिको उपाध्यक्षमा महेश देवकोटा, मिना सापकोटा र डा हेमराज सापकोटा, महासचिवमा सन्तोष रेग्मी, सचिवमा कृष्ण आचार्य र कोषाध्यक्षमा चित्र राना चुनिएका छन्  भने प्रकाश कँडेललाई एडमिन मेम्बर (प्रशासनिक सदस्य) र एलबी गुरुङलाई मिडिया सेक्रेटरी चयन गरिएको छ ।
त्यसैगरी क्षेत्रीय सदस्यहरुमा नारायण कँडेल (वकिङ), देवेन्द्र थापा (केन्ट), राजेन्द्र गुरुङ (अल्डरसट), सुजाता कँडेल ( वकिङ ) र युवराज राना (स्विण्डन) छन् । कार्यसमिति सदस्यमा माधव रेग्मी,गोमा खड्का, होमनाथ कँडेल र कमल भुसाल छन् ।
सल्लाहकारहरुमा होम शर्मा, टिकाराम सापकोटा, नारायण कंडेल (रेडिङ) र थर्क राना मनोनित भएका छन् । पछिल्लो समय नवलपरासीबाट छुट्टिएर बनेको नयाँ जिल्ला नवलपुरबाट बेलायतमा आएर बसोबास गरिरहेकाहरुको साझा संस्थाको रुपमा गत वर्ष नवलपुर जिल्ला समाज यूके स्थापना गरिएको थियो ।
नवलपरासी जिल्लाबाट छुट्टिएर नयाँ जिल्ला नवलपुर बनेपछि सो जिल्लाबाट बेलायतमा आएकाहरु पनि संगठित बनेका थिए । गत वर्ष अगस्टमा बेलायतबासी नवलपुरेहरुको अल्डरसटमा सम्पन्न भेलाले ईन्द्रजित सारुको अध्यक्षतामा संस्थाको तदर्थ समिति गठन गरेको थियो ।तस्बिर; राजेन्द्र पौडेल 

 

फेसबुक कमेन्ट