बर्मिङ्गघम/राधा खरेल
‘शान्ति नेपाली समाज बेलायत’ को आयोजनामा बेलायत को मिडल्याण्डको बर्मिङ्गघममा नयाँ वर्ष २०७६ कार्यक्रम भव्यताका साथ सम्पन्न शान्ति नेपाली समाज बेलायत को आयोजना मा नेपाली नया बर्ष २०७६ को शुभकामना आदान प्रदान कार्यक्रम भव्यताका साथ सम्पन्न भएको छ । कार्यक्रममा सस्था का अध्यक्ष श्री लिला बहादुर थापा सभापति थिए भने प्रमुख अथिति बेलायतका लागि नेपाली राजदुत महामहिम श्री दुर्गा बहादुर सुबेदी थिए| कार्यक्रमका सभापति र प्रमुख अतिथि द्वारा पानस मा दीप प्रज्वलन गरी कार्यक्रम को शुभआरम्भ गरिएको थियो ।
कार्यक्रममा महामहिम दुर्गा बहादुर सुबेदी साथै उहाँकी धर्म पत्नी ,एन आर एन ए अध्यक्ष योग कुमार फगामी लगायत बिभिन्न संगसस्था का प्रतिनिधि,बुद्दिजिबि वर्ग लागायत बिसिस्ठ व्यक्ति हरुको उपस्थिति थियो । उक्त कार्यक्रम मा ६०० भन्दा बढी को संख्यामा नेपाली बुवा ,आमा ,दाजुभाइ तथा दिदीबहिनीहरुको को उपस्थिति थियो| कार्यक्रममा यस सस्था की उपाध्यक्ष श्रीमती जयन्ती थापा ले स्वागत मन्तब्य दिनु भएको थियो ।
कार्यक्रममा नेपाली शहिदहरूको सम्झनामा१ मिनेट मौन धारण गरी राष्ट्रिय गान गाउदै कार्यक्रम अगाडी बढेको थियो र मनमोहक बातावरणमा उपस्थित सबै मा नयाँ वर्षको सुभकामना आदान-प्रदान भएको थियो । नेपाल देखि आउनुभएका राष्ट्रिय कलाकारहरु राजन राज सिवाकोटी र मिलन नेवार ले उपस्थित सबैलाई भरपुर मनोरञ्जन गराएका थिए ।
कार्यक्रम मा नेपाली पोशाक मा सजिएका स्थानिय कलाकार हरुले बिभिन्न नेपालको मौलिकता झल्काउने किसिमको नाचगान गरि उपस्थित सबै लाइ भरपुर मनोरञ्जन गराएका थिए । कार्यक्रममा राफल पनी अतिनै आकर्षक वातावरणमा सम्पन्न भएको थियो र कन्या को हातबाट राफल को नतिजा निकालिएको थियो र प्रथम,दुतीय,तृतीय हुनेलाई आकर्षक पुरस्कारहरु वितरण गरिएको थियो ।
बिभिन्न संगसस्था का प्रतिनिधि,बुद्दिजिबि हरुले आ –आफ्नो मन्तब्यको क्रममा सम्पूर्ण नेपाली बुवा,आमा,दाजुभाइ तथा दिदीबहिनी हरुलाई नयाँ वर्षको सुभकामना दिनु को साथै सस्थाले धेरै छिट्टो राम्रो प्रगति,सक्रियता साथै समाजसेबी कामहरु गरेको र भबिस्यमा पनी यस्तै प्रगति,उन्नति होस् भनि सुभकामना दिएका थिए ।
कार्यक्रमको संचालन सस्थाका महासचिव प्रबिण खराल र प्रबक्ता अञ्जु पाठकले गरेका थिए ।









