सिड्नी ।सिड्नी नेपलिज मल्टिकल्चरल सेन्टरले नेपाली नयाँ वर्ष क्रुज पार्टी आयोजना गरेको छ। वि.स.२०८१ सालको स्वागतार्थ अस्ट्रेलियाको सिड्नीमा नेपाली नयाँ वर्ष क्रुज पार्टी हुने भएको छ ।नयाँ वर्षको शुभकामना नेपलिज मल्टिकल्चरल सेन्टरलाई सहयोग पुर्याउने र सदस्यता बढवा दिने उद्धेश्यले कार्यक्रम आयोजना गरिएको बताइएको छ। सिड्नी नेपलिज मल्टिकल्चरल सेन्टर एसएनएमसीको आयोजनामा यही ६ अप्रिल शनिवार डर्लिङ हावर सुरुहुने कार्यक्रम बेलुकी ६ बजेदेखि राती १० बजेसम्म सञ्चालन हुनेछ ।
समुन्द्री जहाजमा प्राकृतिक दृश्यहरू अवलोकन गर्दै नयाँ वर्ष विशेष शुभकामना आदान प्रदान सहित नयाँ वर्षको आगमनलाई अविस्मरणीय बनाउन कार्यक्रम आयोजना गरिएको बताईएको छ । कार्यक्रममा विभिन्न मनोरञ्जनात्मक सांस्कृतिक, नृत्य सहित अन्य रमाईला कार्यक्रम रहनेछन् । नयाँ वर्षलाई स्वागत गर्दै यादगार पलहरुलाई स्मरण गर्न उक्त कार्यक्रम आयोजना गरिएको सिड्नी नेपलिज मल्टिकल्चरल सेन्टर अध्यक्ष सुदिप ढकालले बताए ।नयाँ वर्षको शुभकामना सहित बहुसांस्कृतिक समुदायलाई सहयोग पुर्याउने र सदस्यता बढवा दिने उद्धेश्यले कार्यक्रम आयोजना गरिएको बताए । उनले हालसम्म भएका मल्टिकल्चरल अभियानमा कार्यहरुको प्रगतिको जानकारी उपस्थित अतिथिहरुलाई गराउने र सदस्यता वितरणका लागि सबैलाई अनुरोध समेत गर्ने उद्धेश्य रहेको वताए। कार्यक्रमलाई मल्टिडायनामिक रियलस्टेटले मुख्य प्रायोजन गरेको छ भने कार्यक्रमलाई दर्जनौं संघसंस्थाले सह- प्रायोजन गरेका छन् । कार्यक्रममा सहभागी हुन आफ्नो टिकट बुकिङ गर्न समेत एसएनएमसीले अनुरोध गरेको छ ।
टिकट प्राप्त गर्न तल क्लिक गर्नुहोस्
https://shorturl.at/rELYZ






