सिड्नीमा बेपत्ता नविनाको खोजीकार्य तीब्र

सिड्नी । गत शनिबारदेखि बेपत्ता भएकी एक नेपाली विद्यार्थीको खोजीकार्य बैंक्सटाउन प्रहरीले तीब्र बनाएको छ । नेपाली विद्यार्थी नविना महत गत शनिबारदेखि बेपत्ता भएकी हुन् । प्रहरीले उनी हुनसक्ने सम्भावित स्थानको खोजी कार्य गरिसकेको छ भने उनको मोबाइलको कल डिटेल अध्ययन गरेर वस्तुस्थितको विश्लेषण गरिरहेको बैंक्सटाउन प्रहरीले जनाएको छ ।

प्रहरीले भिडियो फुटेजको समेत अध्ययन गरिरहेको छ । १९ वर्षीया नविना आइतबार साँझ ५ बजेतिर सिड्नीको रेडफर्न स्टेशनमा देखिएको प्रहरीले भिडियो फुटेज फेला पारेको छ । उनले कालो पेन्ट, कालो जुत्ता र कलेजी टिसर्ट लगाएको प्रहरीले बताएको छ ।

फोटोसहित प्रहरीले नवीन हराएको सूचना जारी गरेको छ । नविनाका बारेमा यदि कसैले जानकारी पाए प्रहरीलाई सूचना दिन भनिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *