सिड्नी आईपुगे चर्चित गायक खुमन अधिकारी र शान्ति श्री परियार (भिडियोमा हेर्नुहोस्)

तक्दीर अधिकारी

सिड्नी । रुपन्देही सामाजिक सञ्जाल अस्ट्रेलियाले आयोजना गरेको तीज विशेष कार्यक्रममा सहभागी हुन चर्चित नेपाली लोक दोहोरी गायक खुमन अधिकारी र गायिका शान्ति श्री परियार अस्ट्रेलिया आईपुगेका छन् ।

बिहिवार सिड्नीको किगं स्मिथ विमानस्थलमा उनीहरुको भव्य स्वागत गरिएको छ । विमानस्थलमा उनीहरुको स्वागतार्थ रुपन्देही सामाजिक सञ्जाल अस्ट्रेलियाका अध्यक्ष मुक्तिराम पोखरेल,उपाध्यक्ष दिभाकर काफ्ले,निर्वतमान अध्यक्ष ईश्वर पोखरेल अविरल,पूर्व अध्यक्ष कृष्ण गैरे,पूर्व महासचिव महेश्वर शर्मा, नेपाली कला साहित्य तथा संस्कृति सयोंजक सुचना पाण्डे,उपसयोंजक प्रदिप खनाल, महिला सयोंजक श्रीजना खड्का गैरे, कोषाध्यक्ष बिब्लब सापकोटा  लगायत सञ्जालका पदाधिकारीहरु पुगेका थिए ।

हिन्दु नेपाली महिलाहरुको महान पर्व हरितालिका तीजको अवसर पारेर आगामी अगष्ट २० तारिखमा ईन्द्रेणी फंक्सन सेन्टर रक्डेलमा सञ्जालले ‘तीज धमाका’ कार्यक्रमको आयोजना गरेको छ । कलाकारद्धय अधिकारी र परियारले उक्त कार्यक्रममा आफ्नो सांगीतिक प्रस्तुती दिनेछन् ।

पछिल्लो समय सामाजिक संरचना र सामाजिक रुपान्तरण तथा नेपाली लोक दोहोरी क्षेत्रमा एक अब्बल र स्थापित कलाकारको रुपमा पहिचान बनाएकी शान्ति श्री परियार र खुमन अधिकारीले नेपालको सांस्कृति पर्व तीजको नेपालको झल्को मेटाउने गरी प्रस्तुती दिने सञ्जालका पूर्व महासचिव महेश्वर शर्माले लण्डन नेपाल न्यूजसगं बताए ।

असहाय बालबालिकाहरुको सहयोग गर्ने र आफ्नो मातृभूमी छाडेर परदेशमा रहेका दिदी बहिनीहरुलाई जमघट गराई मौलिक तीजको झल्को दिने उद्धेश्य सहित कार्यक्रम आयोजना गरिएको सञ्जालका अध्यक्ष मुक्तिराम पोखरेलले जानकारी दिए । सोही कार्यक्रममा नेपालका चर्चित कलाकारहरुले उपस्थित दिदीबहिनीहरुलाई छमछमी नचाउने उनको भनाई छ ।

विमानस्थलमा आयोजित स्वागत कार्यक्रम भिडियोमा हेर्नुहोस् :