तक्दीर अधिकारी
सिड्नी – चितवन समाज अष्ट्रेलियाको आयोजनामा सिड्नीमा एक दिने रक्तदान कार्यक्रम सम्पन्न भएको छ । “रक्तदान जीवनदान” भन्ने नारा सहित संस्थाले हरेक बर्ष जस्तै यस बर्ष पनि सिड्नीको पश्चिमी क्षेत्र राउज हिलको परामाटा डोनर सेन्टरमा रक्तदान कार्यक्रम सम्पन्न गरेको हो । शनिवार भएको रक्तदान कार्यक्रममा ९ जनाले आफ्नो रगत दान गरेका छन भने बाँकी इच्छुकहरुले आउने शनिवार रगत दान गर्न सक्ने अध्यक्ष छवि सापकोटाले जानकारी दिए । 
समाजका सचिब विकास बर्ताेलाको संयोजनमा उक्त कार्यक्रम सम्पन्न भएको हो । संस्थाले हरेक बर्ष यस प्रकारको मानविय काम गर्दै आएको भएपनि यस बर्ष कोभिड १९ महामारीको कारण केही समय ढिला भएको सापकोटाले बताए । “रेडक्रसले अप्रत्यक्ष रुपमा सार्वजनिक आह्वान नै गरेको थियो, यही मौकामा ब्लड अभाव भएको बुझेर हामीले ब्लड डोनेट गर्याैँ।” सापकोटाले भने । उनले महामारीको समयमा यस प्रकारको रक्तदानले धेरैको जीवन बच्ने विश्वास ब्यक्त गरे । 
समाजले निरन्तर रुपमा यहाँ विभिन्न परोपकारी कामहरु गर्दै आइरहेको छ । तर हालको महामारीले सबै कामहरु गर्न समय मिलेको छैन । तरपनि महामारीको कठिन परिस्थितीमा गरिएको रक्तदान भने निकै महत्वपूर्ण एनआरएनए प्रवक्ता नन्द गुरुङले बताए । समाजका अध्यक्ष सापकोटाले मानवियताको काममा आफुहरु सदैव तत्पर रहने जानकारी दिए ।
समाजकी कोषाध्यक्ष सीता सुवेदीले सबै ब्यक्तिहरुलाई एकै मितिमा उपस्थित हुन सहज नहुने भएको कारण दुई हप्ताको लागि कार्यक्रम राखिएको भन्दै अर्काे शनिवार पनि इच्छुकले रगत दान दिन सक्ने बताइन् ।
चितवन समाज अष्ट्रेलियाद्वारा रक्तदान कार्यक्रम सम्पन्न






