धादिङको गल्छीमा अम्बी भरोसा हस्पिटलले गर्र्यो स्वास्थ्य शिविर,५ सय विरामीले पाएनिःशुल्क उपचार

 शिब भण्डारी /लन्डन

धादिङको गल्छी गाउँपालिकामा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । शुक्रवार अम्बी भरोसा हस्पिटल प्रा.लि धादिङ ७ गल्छीको आयोजना एवम् बयाेधा अस्पताल वल्खु काठमाण्डौको सहयोगमा वृहत स्वास्थ्य शिविर सम्पन्न भएको हो । अम्बी भरोसा हस्पिटलको छिट्टै बिधिबत रुपमा अफिसिल उद्घाटन कार्यकम रहेको छ।

शिविरमा जनरल फिजिसियन, हाडजोर्नी तथा नशा रोग, बाल रोग र आँखा तथा दाँत सम्बन्धी समस्याहरुको विशेषज्ञहरुद्धारा उपचार तथा परामर्श एवम् औषधि वितरण गरिएको थियो । त्यस्तै डिजिटल एक्सरे, ईसिजी र प्रयोगशाला सेवा पनि प्रदान गरिएको आयोजक अम्बी हस्पिटल प्रा.लिका अध्यक्ष प्रवन्धक प्रेम बहादुर अधिकारी बताउनु भयो।

शिविरमा  हस्पिटलका विशेषज्ञ १६ जना चिकित्सकले स्वास्थ्य शिविरमा विरामीको स्वास्थ्य परीक्षण गरेका थिए।शिविरबाट झण्डै ५ सय भन्दा बढी विरामीहरुले लाभ लिएका छन् ।

कार्यक्रममा प्रमुख अतिथि गल्छी गाउँपालिका अध्यक्ष कृष्ण हरी श्रेष्ठले अस्पतालले आफ्नो पालिका भित्रका नागरिकहरुको स्वास्थ्य सवेंदनशीलता लाई ध्यानमा राखि पहिलो पटक निःशुल्क स्वास्थ्य शिविर आयोजना गरेकोमा आभार व्यक्त गर्नु भयो ।

उहाले व्यवसायहरु नाफा सगैं समुदायको सेवामा पनि समर्पित हुनुपर्ने भन्दै अस्पतालले आयोजना गरेको शिविरबाट लाभ लिन सबैलाई आग्रह गर्नु भयो ।

अम्बी भरोसा हस्पिटल प्रा.लिका अध्यक्ष एबम समाज सेबी प्रेम बहादुर अधिकारीको अध्यक्षता रहेको शिविरमा उपस्थित सेवाग्राहीहरुले अस्पताल प्रति धन्यवाद व्यक्त गर्दै यस्ता शिविरहरुको निरन्तर आयोजना भई राख्नु पर्ने सुझाव दिनु भयो ।

अस्पतालका विशेषज्ञ चिकित्सकहरुले स्थानीयस्तरमा विरामीलाई स्वास्थ्य उपचार गरेपछि स्थानीय दंग देखिन्थे ।सस्थाका फाउन्डरहरु भाग्य नारायण शाहको स्वागत मन्तव्य रहेको कार्यक्रमको सञ्चालन शिव प्रसाद पौडेलले गरेका थिए।नर्स समेत रहेकी सस्थाकी फाउन्डर सिता खनाल पौडेल लगायतले शिविरमा विरामीलाई निःशुल्क सेनिटाइजर, मास्क लगायत आवश्यक पर्ने औषधी  वितरण गरेका थिए ।

अस्पतालले स्वास्थ्यको पहँच भन्दा टाढा रहेका विरामीलाई लक्षित गरि जिल्लामा पुगेर निःशुल्क स्वास्थ्य शिविर राखेर विरामीको स्वास्थ्य जाँच गेरको हो।

तस्बिरहरु :