काठमाडौं– एमालेले राष्ट्रिय जनता पार्टीले भारतीय दुतावासको शरण लिएर देशको कानुन, मर्यादा र स्वाभिमानमा गम्भिर ठेस पु-याएको आरोप लगाएको छ ।
एमाले उपाध्यक्ष भीम रावलले राष्ट्रिय जनता पार्टीका नेताहरु भारतीय राजदुतको शरण परेर देशको स्वाभिमा नै गम्भिर चोट पु¥याएको आरोप लगाएका हुन् ।
विहिबार काठमाडौंमा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै रावलले सप्तरीका जनता डुबानमा परेका बेला मधेशवादी भनिएका राष्ट्रिय जनता पार्टीले एक शब्द पनि नबोलेको उल्लेख गर्दै आपत्ति जनाए ।
उपाध्यक्ष रावलले भारतले बाँध बाधेका कारण सप्तरीका जनता डुवानमा परेको दावी समेत गरे । उनले मधेशका जनता विचल्लीमा परेका बेला एक शब्द पनि नबोल्ने राष्ट्रिय जनता पार्टीलाई मधेशवादी दल भन्न नमिल्ने तर्क पनि गरे । मंगलबार राष्ट्रिय जनता पार्टीका नेताहरुले भारतीय राजदुत मन्जिव सिंह पुरीसँग भेटवार्ता गरेका थिए । सोही भेट राष्ट्र र जनताको हितमा रहेको नरहेको एमाले उपाध्यक्ष रावलको दावी छ ।
एमाले उपाध्याक्ष रावलले प्रदेश नम्बर २ को स्थानीय तह निर्वाचनमा पनि आफ्नो पार्टी पहिलो पार्टी बन्ने दावी समेत गरे । उनले जनमत एमालेको पक्षमा देखिएपछि सत्तारुढ काँग्रेस र माओवादी केन्द्रले प्रदेश नम्बर २ को स्थानीय तह निर्वाचन पछि सार्दै लगेको आरोप पनि लगाए ।
सरकार संविधान संशोधन प्रस्तावमार्फत् मुलुकलाई टुक्रयाउन लागि परेको उपाध्यक्ष रावलको आरोप थियो ।






