काठमाण्डौ भित्रै घर कब्जा गर्दै विप्लव, लगानी बोर्ड प्रमुखको घरमा कालोझण्डा

काठमाडौं, चैत ६ – विप्लव नेतृत्वको नेकपा माओवादीले लगानी बोर्डका प्रमुख राधेश पन्तको बाँसबारीस्थित घरमा कालो झण्डा गाडेको छ । नेता धर्मेन्द्र वास्तोलाका अनुसार प्रहरीले पोलिटब्युरो सदस्य इश्वरी दाहाल (असारे काका) सहित ३० जना कार्यकर्तालाई धरपकड गरेको छ ।
स्थायी समिति सदस्य वास्तोलाको नेतृत्वमा कालो झण्डा गाड्न दुई सयको संख्यामा कार्यकर्ताहरु बाँसबारी पुगेका थिए । ‘हामी राष्ट्रघाति सम्झौता गर्ने लगानी बोर्डका प्रमुखको घरमा झण्डा गाड्न गएका थियौं ।’ वास्तोलाले रातोपाटीसँग भने ‘प्रहरीले हाम्रा साथीहरुलाई धरपकड गरेका छन् ।’
बोर्डका कार्यकारी अधिकृत पन्तले विभिन्न राष्ट्रघाति सम्झौता गरेको तथा स्वयंम भ्रष्टाचारमा परेको विप्लव माओवादीको आरोप छ । ‘अपर कर्णाली लगायत अन्य राष्ट्रघाति संझौता नगरियोस् ।’ वास्तोलाले भने ‘जलमाफीयाको विरोधमा हामीले कालोझण्डा गाढेका हौं ।’