काठमाण्डौ, ६ चैत । मोबाईल सेवा प्रदायक संस्था एनसेलले सस्तो तथा सर्वसूलभ सुविधा दिने भ्रम छर्दै ग्राहकहरुलाई ठग्दै आएको छ । एनसेलले एनसेल सापटी योजनाका नाममा ग्राहकबाट पौसा लुटिरहेको एनसेल प्रयोग कर्ताहरु बताउँछन् ।
एनसेलको सापटी योजना नभै ग्राहक ठग्ने नयाँ तरिका मात्र भएको नवलपरासीका गैडाकोटका दिलिप थापा बताउँछन् । एनसेलको सापटी योजनामा ग्राहकले व्यालेन्स नभएको अवस्थामा जम्मा २० रुपैयाँ सापटी लिन सक्छन् । जुन सबै नेटवर्कमा कुरा गर्न सकिन्छ । तर, जब ग्राहकले रिचार्ज गर्छन्, सबैभन्दा पहिले सापटी रकम काटिन्छ त्यो पनि २ रुपैया ५८ पैसा ब्याज असुलेर । जुन निकै ठूलो प्रतिशत ब्याज हो । सापटी भनिएको रकममा ब्याज असुल्ने एनसेलको नियतले नै एनसेल सुबिधाका नाममा ठगी गर्ने निकाय भएको ग्राहकहरुको दावी छ । एनसेल प्रयोग कर्ता भन्छन्, ‘ग्राहकको सुविधाको लागि अफर ल्याएको कि ठग्न, खुलेआम ग्राहक ठग्ने एनसेल बिरुद्ध आवाज उठाउन जरुरी छ ।’ एनसेलबाट सापटी लिएको केही समयमै तिर्नेले २० रुपैयाँको २ रुपैया ५८ पैसा ब्याज तिर्छ भने ऊ कति प्रतिशतमा ठगिएला त्यो विषय गम्भीर छ ।
चितवन भरतपुरका शिक्षक रामप्रसाद अधिकारी भन्छन्, “एक सयको मासिक ३ रुपया ब्याज लिनेलाई शोषक र सामन्त भनिने हाम्रो समाज अनि त्यस्तालाई कारबाही गर्नुपर्छ भन्र्दै कानुनी कठ्घरामा उभ्याउने यो प्रशासनले एनसेलको ब्याज कति प्रतिशत भयो होला भन्ने किन हिसाव गर्न जान्दैन् ?” उनी अगाडि थप्छन्, “नेपालीलाई सुबिधा दिने नाममा नेपालमा राज गरी नेपाली ठग्ने एनसेल बिरुद्ध किन नेपाल सरकार र स्थानिय प्रशासन मौन् छ ।”
एनसेलको ठगीबाट ग्रामीण भेगमा बस्ने समुदाय र कलेज र स्कूल पढ्दै गरेका बिद्यार्थी बढी मारमा परेका छन् । बिभिन्न स्किम ल्याएर घुमाउरो पाराले ब्यालेन्सको रकम काट्ने र ठग्ने योजना बनाएर एनसेलले वार्षिक करोडौं रकम नेपाली उपभोक्ताबाट ठगिरहेको छ ।
एनसेलले आफ्नो हरेक विज्ञापनमा ल्याएको अफर ग्राहक ठग्ने गरेको ग्राहक बताउँछन् । एनसेलले सवैजसो अफरबाट ग्राहक ठग्ने गरेको छ सापटी योजनाको नाममा ।
यसैगरी एनसेलको मोवाइल डाटा, व्यालेन्स ट्रान्सफर, एसएमएस योजना, एनसेल सजिलो योजना, राम्रो योजना, माई फाईभ योजना, सुपर नेट योजना, १ को ३ बोनस योजना, पावर रिचार्ज योजना लगायतका सबै सेवाबाट एनसेलले ग्राहकलाई ब्रमलुट गरिरहेको छ ।
एनसेलका ल्याउने सबै योजनामा ग्राहक लुटिने गर्दछन् । ग्राहकलाई कसरी झुक्याउन सकिन्छ भन्ने धेरै सोचर एनसेलले यस्ता प्याकेज तयार पार्ने गर्छ । ग्राहकलाई रणभूल्लमा पारेर अनेक ठग्ने गरेको एनसेलको यो कार्य झट्ट हेर्दा आकर्षक लाग्छ । तर, उसले एकचोटी सेवा दिएपछि ग्राहकबाट नजानिदो तरिकाले पैसा कटाउँदै गएर ठगी गर्ने गरेको विज्ञहरु बताउँछन् ।
नेपालको सबैभन्दा ठूलो मोबाइल सेवा प्रदायक दाबी गर्ने एनसेलले बिभिन्न स्कीम ल्याएर ग्राहकको आँखामा भ्रम छरिरहेको छ । एनसेलसँग सबै दङ्ग, एनसेल नेपालकै लागि’ आदि इत्यादि भनेर गरिव नेपालीको फोटो प्रचारमा राखेर ग्राहक फसाइरहेको छ । एनसेलले अनेक बाहना बनाउँदै ग्राहक ठग्दै गर्न थालेपछि पछिल्लो समय चितवन र नवलपरासी आसपासका ग्राहकले एनसेलको सिम नै फुटालेर फाल्ने गरेका छन् । यसअघि एनसेलको सेवा लिइरहेका उपभोक्ताहरु अहिले धमाधम नेपाल टेलिकमको सिम प्रयोग गर्न सुरु गरेका छन् । – प्रकाश सिग्देलबाट






