लण्डनमा पशुपतिनाथ मन्दिरको तीजमा छमछमी नाचे’हजारौ दिदीबहिनी

शिब भण्डारी /प्रकाश कण्डेल

लन्डन ।नेपाली नारीको महान् पर्व हरितालिका (तीज) का अवसरमा लण्डनको पशुपतिनाथ मन्दिरको आयोजनामा प्लमस्टिडको एशियन कम्युनिटी सेन्टरमा एक विशेष कार्यक्रम सहित तीज मनाइएको छ ।

मन्दिर व्यवस्थापन समितिका अध्यक्ष गोपाल अर्यालको अध्यक्षता तथा कोषाध्यक्ष तारा भट्टराईको संयोजनमा सम्पन्न कार्यक्रममा प्रमुख अतिथिका रुपमा बेलायतका लागि नेपाली कार्यवाहक राजदूत रोशन खनाल सहभागी थिइन्।

कार्यक्रम प्रमुख अतिथि खनाल तथा ग्रीनवीच मेयर जीत रानाभाट,संस्थापक अध्यक्ष होम शर्माले पानसमा दीप प्रज्वलन गरी उद्घाटन गरेका थिए । मन्दिरका पण्डित ज्योतिषी निलहरि घिमिरे,बिनोद पन्थीले पूजा पाठ गरेपछि भक्तजनले पूजा आराधना गर्दै औपचारिक कार्यक्रम सुरु भएको थियो ।

सो अवसरमा आफ्नो शुभकामना मन्तव्य दिंदै प्रमुख अतिथि खनालले मन्दिर व्यवस्थापन समितिले आफ्नो देशको कला, संस्कार, संस्कृति जोगाउने साथै मौलिकता र राष्ट्रियता फैलाउने कार्य गरेकोमा धन्यवाद व्यक्त गरिन् । महान पर्व तीजमा महिलाहरुलाई यस्तो अवसर जुटाएकोमा पशुपति नाथ मन्दीरको प्रसंसा गर्दै सबैलाई तीजको शुभकामना सन्देश व्यक्त गरेकी थिईन् ।

माहा सचिव हीराप्रसाद ओझाले सञ्चालन गरेको औपचारिक कार्यक्रममा संस्थापक अध्यक्ष होम शर्मा पूर्व अध्यक्ष दासुराम पाण्डेले तीजको शुभकामना दिए ।

कार्यक्रममा उपाध्यक्ष भोजराज कँडेल तथा ट्रस्टी सरिता पौडेलेले स्वागत गर्दै सहभागी एबम अतिथि हरुलाई तीजको शुभकामना व्यक्त गरेका थिए ।

मन्दिर व्यवस्थापन समितिका अध्यक्ष गोपाल अर्यालले तीज कार्यक्रम सफल पार्न योगदान गर्ने पण्डितहरु र उपस्थित भक्तालुका साथै मन्दिर कार्यसमितिका पदाधिकारी, ट्रष्टी, स्वयमसेवक सहित सबैलाई धन्यवाद ज्ञापन गरेका छन्।

कार्यक्रममा सहभागी ब्रतालु महिलाहरुको लागि फलफूल तथा पानी, जुस सहित प्रबन्ध गरिएको थियो ।कार्यक्रममा चर्चित साउन्ड इन्जिनियर हेम विष्टले विभिन्न खालका नेपाली तीज गीत बजाउदै सबैलाई नचाएका थिए ।

कार्यक्रममा उपस्थित ब्रतालु दिदी बहिनीहरुले नृत्यहरु प्रस्तुत गर्दै तीजलाई विशेष बनाएका थिए ।कार्यक्रममा १ हजार भन्दा बढी नेपाली महिला दिदी बहिनीहरुको उपस्थितिमा पुजाआजा सहित सम्पन्न भएको अध्यक्ष अर्यालले बताए ।

कार्यक्रममा सह- कोषाध्यक्ष रामकृष्ण अर्याल कार्यसमिति सदस्य पुण्य रेग्मी, गोकुल न्यौपाने लगायतले प्रबेशमा सहजीकरण गरेका थिए !

हिन्दू महिलाहरुको महान पर्वको अवसरमा प्लमस्टिडस्थित श्री पशुपतिनाथ मन्दिरले हरेक वर्ष यस्तो कार्यक्रम आयोजना गर्दै आएको छ