बलात्कृत बालिका चिच्चाउँदै भाग्दै

गुल्मी, २२ माघ – गएको पुसमा बलात्कृत गुल्मीको पाँैदी अमराईकि एक बालिका अहिलेसम्म पनि चिच्याउने र भाग्ने समस्या देखिएको छ । ११ वर्षीया बालिका हालसम्म मानसिक तनावमै रहेको परिवारजनले बताएका छन् । गत पुस ३० गते गुल्मीको पौदीअमराई गाविस वडा नम्वर–८ का १८ वर्षीय बाबुराम गिरीले दिउँसो करिव ४ बजेको समयमा पौंदीअमराईको च्यानडाँडा टापु भन्ने सार्वजानिक जङ्गलमा उनलाई बलात्कार गरेको आरोप परिवारजनले लगाएका छन् ।

ति बालिका बेला बेलामा चिच्चाउने, म मर्छु बाँच्दिन भन्दै घरबाट भागेर हिंड्ने गरेको परिवारजन बताउँछन् । उनका काकाकाअनुसार उनि धेरै पटक घरबाट भागेर जङ्गलमा लुकेर बस्ने गरेकी छन् । केहि दिन अघिमध्ये रातमा अज्ञात व्यक्तिले उनको घरको ढोकामा ठुलै ढुङ्गा प्रहार गरेको दिनदेखि उनले अब मलाई मार्छन म भाग्छु भन्दै घर छोड्न थालेको बालिकाका काकाले बताउनुभयो ।
गिरीलाई बलात्कारको आरोपमा प्रहरीले पक्राउ गरेपछि उनका परिवारजन र आफन्तहरुले बलात्कृत भनिएकी बालिकाका दलित परिवारलाई धम्काउने गरेको उनिहरुले बताए । आरोपित गिरीलाई हिरासतमा लिएर अनुसन्धान अगाडी बढाईएको जिल्ला प्रहरी कार्यालयका सुचना अधिकृत प्रहरी निरीक्षक अम्विका प्रसाद गुप्ताले बताएका छन् । उनको तल्लो पेट दुख्ने गरेको र पिसाव फेर्न गाह्रो हुने गरेको उनकी आमा बताउँछिन् । बलात्कार गरेको आरोपमा गिरी अहिले प्रहरी हिरासतमा छन् ।