लण्डन । चार्ल्टन नेपाली समाज युकेको समर भेटघाट तथा बीबीक्यू कार्यक्रम जुलाई २१ तारिक आईतबार का दिन गर्ने भएको छ।
सो कार्यक्रम आयोजना गर्नका लागी चार्ल्टन मेरिडियन स्पोर्ट्स क्ल्वब को चौर बुक भई सकेको र कार्यसमिति कार्यक्रम तयारी को निम्ती जुटी सकेको कुरा समाज का महासचिब बसन्त खनाल ले जानकारी दिएका छन्।
नेपालीहरु को बाक्लो बस्ति रहेको चार्ल्टन मा बार्बिक्यु कार्यक्रम भब्यताका साथ सम्पन्न हुने गरेको छ।यस एरिया कै सुख दुख को चौतारी रहेको समाज ले यस पटक अझै ब्यबस्थित र भब्य र सभ्य बाताबरण मा मनाउन को निम्ति बिभीन्न मनोरन्जनात्मक कार्यक्रम, नाच गान, बजान आदि सहित गर्न लागेको कुरा समाज की अध्यक्ष सीता अर्याल ले बताएकी छन्।उनले चार्ल्टन बासी मात्रै नभएर यस वरपर बाट समेत सहभागी भै मनोरन्जन लिन आह्वान गरेकी छन्।
युवा पुस्ताको ब्यापक सहभागितालाई मध्य नजर गरेर सके सम्म स्थानिय बालबालीका तथा नवयुवाहरु को प्रस्तुती र खेलकुद रहने यस कार्यक्रम मा दिउसो बार्बिक्यु र साँझ नेपाली खाना रहने बताईएको छ।
भरखरै मात्र नयाँ बर्ष २०८१ को शुभकामना आदान प्रदान कार्यक्रम सरेको बक्स हिल मा गई भब्यताका साथ मनाएको चार्र्ल्टन नेपाली समाज फेरी बार्बिक्यु कार्यक्रम को तयारी मा लागेको छ।
समाजले हरेक बर्ष नेपाली नयाँ बर्षको कार्यक्रम ओपन बीबीक्यू दशैं तिहार तथा तीज विशेष कार्यक्रमहरु गर्दै आएको छ।






