सिड्नी । हरितालिका तीज पर्वको अवसरमा हिन्दु समाज अस्ट्रेलियाले आयोजना गरेको तीज मेलाले सिड्नीको बरुड पार्क तीजमय बनेको छ । सेप्टेम्बर ६ तारिखमा आयोजना गरिएको मेलामा नेपाली मौलिक पहिचान झल्किने पोशाक सहित पुगेका नारी सहित तीज गीत संगीतले बरुड पार्क रगिंन बनेको थियो । भने दर्शकहरुले पार्क खचाखच भरिएको थियो ।

तीजको ब्रत बसेका महिलाहरुको पुजाआजाका लागि नेपालकै पशुपतिनाथ मन्दिरकै स्वरुप झल्किने गरी पशुपतिनाथको मूर्ति प्रतिष्थापन गरिएको थियो । पुजाआजाका लागि पुगेका श्रद्धालु भक्तजनहरुको बिहानै देखि घुँईचो लागेको थियो । बिहानै ९ बजेदेखी राती ८ बजेसम्म पूजाआजा, विभिन्न तीजमय सांगीतिक तथा मनोरञ्जनात्मक प्रस्तुती सहित आरती समेत गरिएको थियो ।
कार्यक्रममा नेपालबाट आएका कलाकार सहित स्थानीय कलाकारहरुले प्रस्तुती दिएका थिए । कार्यक्रममा सिन्धु मल्ल र स्वस्तिका ढकालले बजोड सांगीतिक प्रस्तुती दिएका थिए । भने उनीहरुको तीजमय प्रस्तुतीमा दर्शकहरु झुमी झुमी नाचेका थिए । कार्यक्रमलाई अस्ट्रेलियामा रहेको थुप्रै व्यवसायिक संघसंस्थाले प्रायोजन गरेका थिए । दर्शक र श्रद्धालुहरुले बरुड पार्क खचाखच भरिएको थियो । दिनभर नै भएको नाचगानले माहोल रमाईलो बनेका थियो ।

कार्यक्रममा बरुड काउन्सिलका मेयर जोन फेकर, एनआरएनएका अध्यक्ष अनिल पोखरेल, वाणिज्यदूत सञ्जिव शर्मा लगायतले मन्तव्य राखेका थिए ।
नेपालबाट आएका अतिथि कलाकार सिन्धु मल्ल र रुबिना अधिकारी लोकप्रिय प्रस्तुति प्रस्तुत गर्दै दर्शकहरुलाई नचाएका थिए । साथै स्थानीय कलाकारहरु जेनिशा गौतम, श्रेया ज्ञवाली, स्वस्तिक ढकाल लगायतले आफ्नो प्रस्तुति दिएका थिए । हिन्दु समाज अस्ट्रेलियाकी अध्यक्ष लक्ष्मी बास्ताकोटीले शुभकामना तथा धन्यवाद मन्तव्य राख्दै हिन्दु समाज अस्ट्रेलियाले नेपालीहरुको संस्कार र रितिरिवाजलाई अगाडी बढाउने यो कार्यक्रम प्रत्येक वर्ष आयोजना गर्दै आईरहेको भन्दै कार्यक्रम झन पनि झन भव्य बन्दै गएको बताईन् ।
बिहानको आरतीबाट सुरु भएको कार्यक्रम केही समय सांगीतिक कार्यक्रम सहित औपचारिक कार्यक्रम प्रतिज्ञा अधिकारीले सञ्चालन गरेकी थिईन् भने सांस्कृतिक कार्यक्रम उशा किरण बारीया ले सञ्चालन गरेकी थिईन् ।कार्यक्रममा हिन्दु समाज अस्ट्रेलियाका पण्डित प्रकाश ढोडारीले मन्त्रोच्चारण गरेर सन्ध्याकालिन आरती शुभारम्भ गरेका थिए । पुजाआजा सहित बेलुकी ६ः३० बजे कार्यक्रम सम्पन्न भएको थियो । अस्ट्रेलियामा रहेका दर्जनौँ नेपाली संघ संस्थाहरुले कार्यक्रमको प्रायोजन गरेका थिए ।