लण्डन|गोर्खा सैनिक सेवाको दुईसय बर्षगाँठको अवसर पारेर नेपाली संस्कृतीलाई वेलायतमा परिचित गराउने तथा गोर्खालीहरुको इतिहाँसको खोज अनुसन्धान गर्ने उद्देश्यले बेलायतमा जम्बो समिति सहितको संस्था स्थापना भएको छ ।
नेपाल र बेलायत कार्यक्षेत्र रहने गरि गठन भएको ‘ब्रिटिस गोर्खा नेपाली सांस्कृतिक परिषद’को अध्यक्षमा एकराज नेम्बाङ चयन भएका छन् । बरिष्ठ उपाध्यक्षमा खेम आलेमगर, उपाध्यक्षमा किरण टी लिम्बु, महासचिबमा पारु राई, सचिबमा खुशी घले र कोषाध्यक्षमा चन्द्रकुमार आङ्गबोहाङ्ग चयन भएका छन् ।
त्यस्तै सदस्यहरुमा भरतमणी चोङ्गबाहाङ, कुमार इस्पो, सुबास राई, रोमियन वानेम, दिलीप राई, सुरेस थापा चयन भएका छन् ।
नेपालमा आइपरेको महाविपत्तिबाट ज्यान गुमाएका नेपालीहरु प्रति शोक प्रस्ताब पारित गर्दै बेलायतमा बस्ने नेपालीहरुको बृहत भेलाबाट बनेको उक्त समितिले भूकम्पपीडितहरुका लागि राहत संकलन पनि सुरु गरिसकिएको अध्यक्ष एकराज नेम्बाङले जानकारी दिए ।
नवगठीत समितिले साहित्य, संगीत, कलाकारिता, खेलकुद र पत्रकारिता क्षेत्रमा क्रियाशिल नेपालीलाई बार्षिक रुपमा प्रदान गर्ने गरी ‘ब्रिटिस गोर्खा अवार्ड’ को पनि घोषणा गरिएको नेम्बाङले बताए ।
परिषदका विभिन्न विभागहरु पनि गठन गरिएको छ । उक्त भेलाले परिषदको प्रबक्ता र सहप्रबक्ताहरु समेत चयन गरिएको छ । नेपालमा पनि सम्पर्क समिति गठन गरिएको छ ।
गठन गरिएका विभागहरुमध्ये साहित्य विभागको प्रमुखमा भरतमणी चोङ्गवाङ्ग, संगीतमा पारु राई, पत्रकारितामा किरण टी लिम्बु, कलाकारितामा रोमियन बोनेम, खेलकुदमा खेम आलेमगर, युवा विभागमा सुवास राई, स्वयमसेवकमा दिलीप राई, अन्तराष्ट्रिय विभागमा मणी वाङदेल चयन भएका छन् ।







