‘भारतले गिद्धे दृष्टि लगाए सुगौली सन्धीको हिसाब किताब माग्छौ’

काठमाडौँ – एमालेलगायत नौ दलले राजधानीमा आयोजना गरेको कार्यक्रममा आफ्नो धारणा राख्दै राष्ट्रिय जनमुक्ति पार्टी (लोकतान्त्रिक नेपाल) का सांसद शिवलाल थापाले भने,
–राष्ट्रघाती संशोधन प्रस्ताव पेस गरेकै दिनदेखि हामी आन्दोलनमा छौ ।

–लैनचौरमा तयार गरेर १४ गते राती दर्ता गरेको छ संशोधन प्रस्ताव दर्ता गरियो

–संशोधनमा सबै राष्ट्रघाती कुरा आएको छ
–भारतको परराष्ट्रनीति नेपालको नीति बनेको छ
–मुलुक नै विखण्डन ल्याउने किसिमको यो संशोधन आएको छ
–प्रदेशसभाबाट सिमांकन टुगों लगाउने भनेको छ, त्यसैले प्रस्ताव फिर्ता लिनुस्
–प्रचण्डले नैतिकताको हिसाबले राजिनामा दिनुपर्ने
–यो सरकारको आयु धेरै लामो छैन
–भारतले नेपालमाथि गिद्धे दृष्टि लगाउँछ भने सुगौली सन्धीको हिसाब किताब लिन्छौ
–अब हामी चुप लागेर बस्दैनौ ।