मालीगाउँमा सुरु भयो शीर्ष नेताको बैठक

२२ फागुन, काठमाडौं । शनिबार विहान बालुवाटारमा वार्ता गर्न तयार भएका प्रमुख दलका नेताहरु शुक्रबार साँझ मालीगाउँस्थित सूर्यबहादुर थापाको निवासमा छलफलका लागि भेला भएका छन् ।
फाइल तस्वीर

फाइल तस्वीर

बालुवाटारमा हुने भनिएको औपचारिक वार्ताका लागि सहमति खोज्न प्रमुख दलका नेताहरु वरिष्ठ राजनीतिज्ञ थापाको रोहवरमा बैठक बस्न लागेका हुन् ।

प्रधानमन्त्री सुशील कोइराला, एमाले अध्यक्ष केपी ओली र एमाओवादी अध्यक्ष प्रचण्ड समेत सहभागी हुने छलफलमा भाग लिन विजय गच्छदार र सीपी मैनाली समेत थापा निवास पुगेका छन् ।

शुक्रबार विहान प्रधानमन्त्री सुशील कोइराला र एमाओवादी अध्यक्ष प्रचण्डबीच भएको भेटमा शनिबार औपचारिक वार्तामा बस्ने सहमति भएको थियो ।