काठमाडौं– अख्तियार दुरुपयोग अनुसन्धान आयोगका ‘निलम्बित’ प्रमुख लोकमानसिंह कार्कीमाथि सर्वोच्च अदालतभित्रै कालोमोसो दलिएको छ ।
पेसीका लागि अपराह्न अदालत पुगेका कार्कीमाथि दुई जनाले कालोमोसो दलेका हुन् । कार्कीमाथि हातपात गर्ने युवकले ‘नेकपा माओवादी जिन्दावाद’ भन्दै नाराबाजी गरेका थिए ।
उनलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
कार्कीको योग्यतासम्वन्धी मुद्दामा सर्वोच्चमा बिहीबारबाटै बहस सुरु भएको थियो ।






