लण्डनमा नेपाली बिग आइकनका ‘ साजन आले’ सँगै अतिथी फ्लोरमा उत्रेपछि …भिडियो सहित

 

शिव भण्डारी

लण्डन,

छैठौं बिग आइकन साजन आले विभिन्न सांगीतिक कार्यक्रममा भाग लिने उद्धेश्यले बेलायत आइपुगेका छन् बेलायत भ्रमणमा रहेका साजनले लण्डनमा एक  आयोजित कार्यक्रममा आफ्नो साँगीतिक प्रस्तुती प्रस्तुत गरेका छन् ।big

नेपाली प्रवासी मञ्चले आफ्नो १६ औं स्थापना दिवसमा लण्डनस्थित साउथ हारोमा आयोजना गरेको कार्यक्रममा आलेले करिब एक दर्जन गीत प्रस्तुत गरेका हुन् । केही समयअघि मात्रै नेपालमा आफ्नै गीत सार्वजनिक गरेका आलेले ‘नीर जैले रिसाउनी’, ‘पिलायो साथिले’, ‘हे तुलसी’, क्या दामी भो’ लगायतका चर्चित गीत गाउँदा उपस्थित दर्शकले मज्जाले साथ दिए । वान्स मोरको हुटिङको बर्षा भएपछि उनले थप १ दर्जन गीत लगातार प्रस्तुत गरे । उनले गीत गाउँदा मञ्चको आसनबाट प्रमुख अतिथी लगायत सबै फ्लोरमा उत्रेर नाचेका थिए ।sa1

साजनको प्रस्तुतीपछि मञ्चका उपाध्यक्ष रामजी बरालले उनको खुलेर प्रशंसा गरे । ‘साजन भर्सटायल सिङ्गर रहेछन् ।’ उनले भने- ‘म आफूपनि पोखरेली भएकाले पनि पोखराले जन्माएको साँगीतिक नक्षत्र साजन भाईप्रति गर्व छ ।’ उनले साजन जस्ता लुकेर रहेका धेरै प्रतिभावान कलाकारका लागि बिग आइकन एउटा गतिलो प्लेटफर्म बनेको भन्दै बिग आइकनको आयोजक संस्था बिग एफएमप्रति आभार प्रकट गरे । कार्यक्रममा विग आइकन आलेलाई खादा ओढाएर सम्मान गरिएको थियो भने मायाको चिनो नेपाली प्रवासी मञ्चका अध्यक्ष रामशरण शर्माल प्रदान गरेका थिए ।a1

कार्यक्रममा सांसद एवम् संविधान मस्यौदा लेखन समितीका सदस्य कृष्णभक्त पोखरेल, बेलायती सभासद् विरेन्द्र शर्मा, बेलायतका लागि नेपाली राजदुत दुर्गा बहादुर सुवेदी लगायतको उपस्थिती थियो । लण्डन वरपर अन्य कार्यक्रमहरुमा पनि साजनले आफ्नो प्रस्तुती राख्नेछन् । यतिखेर क्रिस्टमस, नयाँ वर्ष र ल्होसारको उपलक्ष्यमा लण्डनमा आयोजित कार्यक्रममा साजनलाई सहभागी गराउन आयोजकहरुको माग बढेको छ ।ic

यूरोपकोे नेपालीपत्रका एकज्यूकेटिभ रिप्रिजेन्टिभ पत्रकार सिद्धार्थविक्रम क्षेत्रीले यूरोपका अन्य कार्यक्रममा साजनको माग बढेको बताए । दि ब्रीटीश कलेजको व्यवस्थापन र युरोपको नेपाली पत्रको निम्तोमा साजन आले विग एफ एम अध्यक्ष महेश भण्डारीसहित गत आइतबार लण्डन पुगेका हुन् ।