जापानको ओसाका स्थित नेपाल फ्युचर थिन्किङ एसोसियसनका अध्यक्ष जापनिज नागरिक यामासिता किन्ज्यो ले नेपाल- जापान एजुकेशनल सपोर्ट क्लबमार्फत आर्थीक सहयोगमा नेपालको धादिङ आदम घाटमा राहत सामग्रीहरु बितरण गरिएको थियो । मार्फा थाकाली सामाज (युके र पोखरा) साथमा लोकल एनजिओ लर्डले सामुहिक बितरण कार्यमा प्रमुख भूमिका निर्बाह गरेका थिए । ६२ घर परिबारलाई प्रति घर ६ जस्ता पाताका दरले ३७२ पाता उक्त स्थानमा मार्फा थकाली समाज (युके र पोखरा) बाट प्रदान गरिएको थियो भने “नेपाल -जापान एजुकेशनल सपोर्ट क्लब” पोखराका कोर्डिनेटर सुनिल हिराचन र प्लानर मनु हिराचनले पिडित ४० घर परिबारलाई बिभिन्न घरेलु प्रयोगमा आउने भाडाँकुडाहरु पनि प्रदान गर्नु भएको थियो ।धादिङको `रि` बाट बसाई सरेर पोखराको भलाम प्राथमिक बिद्यालयमा अध्ययन गर्दै आइरहेका भूकम्पपिडित ८ विद्यार्थी भाईबहिनीहरुलाई ड्रेस, जुत्ता, ब्याग, झोला तथा स्टेशनरी लगायतका सामग्रीहरु बिद्यालयको एक समारोह बिच बाँडिएको थियो ।
बिगत २५ बर्ष देखी नेपालको शैक्षिक क्षेत्रमा बिभिन्न संघ संस्थाहरु संग हातेमालो गर्दै जापनिज नागरिकहरु तर्फबाट जुटाइउदै आइरहेको सहयोगले नेपालका बिद्यार्थी भाई बहिनीहरुको भबिस्य उज्ज्वल हुने कुरामा आफु बिस्व्स्त रहेको यामासिता ज्युले जानकारी गराउनु भएको छ । बर्षेनी २ पटक नेपाल जादै सयौं बालबालिकालाई छात्रबृती रकम तथा शैक्षिक सामग्री बितरण निरन्तरता गर्न पाएकोमा आफु निकै खुशी भएको जानकारी ब्यक्त गर्नु भएको थियो । यो अभियानमा आफुलाई जापानको टोयोटा सिटीका नेपाली युवा ब्यबसायी तथा “नेपाल- जापान एजुकेशनल सपोर्ट क्लब” नागोयाका चिफ राजेन्द्र थापा , ऒसाकाका दोमिची ताकेहिको र हिरोशी यामासिता ले धेरै सहयोग दिदै आइरहुनु भएको बताउनु भएको छ।
भूकम्प पिडितलाई जापानी नागरिकको सहयोग






