बेलायतमा टियर २ भिजा मा परिवर्तन ल्याइने

uk border

जेनी भट्टराई,

लण्डन 

बेलायती प्रधानमन्त्री डेभिड क्यामरनले युरोपेली संघभन्दा बाहिरबाट हुने बसाइसराइलाई “अर्थपूर्ण रूपमा घटाउने” नयाँ योजना घोषणा गरेका छन्।

योजनामा टियर २ (आम) प्रवेशाज्ञाको लागि तलबको सीमा संलग्न गरिएको छ। अध्यागमन विरुद्धका उपायहरूमा परामर्ष सम्बन्धी अध्यागमन सल्लाहकार समिति जुन १० मा भएको प्रधानमन्त्रीका प्रश्नहरूमा प्रधानमन्त्रीले गृहमन्त्री टेरेसा मेले अध्यागमन नीति सम्बन्धी परामर्ष दिने अर्ध-स्वायत्त निकाय अध्यागमन सल्लाहकार समितिलाई कुल बसाइसराइ वार्षिक १,००,००० भन्दा कम बनाउन नयाँ प्रस्तावहरूको बारेमा ध्यान दिने बारेमा सोच्ने घोषणा गर्नुभयो; जुन कुरालाई विगत दुई कन्जर्भेटिव निर्वाचन घोषणापत्रमा उल्लेख गरिएको थियो, र केहि समय अगाडि प्रधानमन्त्रीको टोलीले दोहोर्‍याएको थियो।

प्रवेशाज्ञामा सीमाको सूचना ईयूले ईयूभित्र स्वतन्त्र रूपमा घुम्न पाउने कुरालाई मान्यता दिएको छ जसको अर्थ ईयू देशहरूबाट बसाइसराइ गर्ने विषयमा सरकारले केही गर्न सक्ने छैन। त्यसकारण बसाइसराइ रोक्ने प्रयास स्वरूप अध्यागमन सल्लाहकार समितिले युरोपेली आर्थिक क्षेत्रबाहिरबाट हुने बसाइसराइमा जोड दिनेछ।

समितिले ध्यान दिने प्रस्तावहरूमा निम्न कुराहरू पर्दँछन्:

१ :दक्ष कामदारको लागि टियर २ प्रवेशाज्ञा लगायत कार्य-प्रवेशाज्ञामा ‘सीपको अभाव र विशेषज्ञ’ अन्तर्गत आउनेमा मात्र सीमित गर्ने।

२ :टियर २ अभाव रहेको पेशा सूचीमा ‘कुनै उद्योगले सीपको अभाव रहेको दाबी गर्ने’

३ :समय सीमित गर्ने ‘विदेशी कामदारलाई भर्ती गर्ने व्यवसायहरूमा सीप सम्बन्धी लवी” गर्न सुरुआत् गर्ने टियर २ (आम) प्रवेषाज्ञा तलब सीमामा बृद्धि गर्ने