लण्डन। बेलायत बाट संचालित मनिटु ले लिमिटेड ले नेपाल मा पैसा पठाउदा १ पाउण्ड आफ्नै खल्ती बाट हेल्प फर नेपाल च्यारिटी लाई सहयोग गर्ने घोषणा गरेको छ। अगष्ट महिना को २९ तारिख बाट शुरु भएको यस योजना मा मनिटु को एप्लिकेशन अथवा वेबसाइट बाट पैसा पठाउदा उक्त गर्ने मनिटु ले जनाएको छ।

बिश्वोका ५४ देश हरु भन्दा बढी देश हरु मा रेमिट सेवा प्रदान गर्दै आइरहेको मनिटु लिमिटेडले नेपालको लागि यो सुबिधा गत अप्रिल बाट शुरु गरेको हो। मनिटु बाट नेपालमा पैसा पठाउदा पहिलो दुई ट्रान्सफर मा कुनै शुल्क लाग्दैन त्यस पछि हरेक ट्रान्सफर मा ०.९९ शुल्क लाग्ने मनिटु ले जनायो। युकेमा दर्ता भई संचलानमा आएको हेल्प फर नेपालको समन्वयमा मनिटु ले नेपाल मा पैसा पठाउदा जुट्ने उक्त सहयोग बाट शिक्षा स्वास्थ्य र कल्याण मा खर्च गरिने छ।
नेपालको दुर्गम ठाउँमा गतिलो शिक्षा नपाएका बालबालिकाहरु जो अझै पनि अस्थाई आश्रयमा बसिरहेका छन् उनिहरु लागि गास बास र कपास को व्यबस्थापन मा खर्च गरिने छ। काम पनि हुने समाजसेवा पनि हुने लक्ष्य हेतु मनिटुले शुरु गरेको एस योजना मा ग्राहक को कुनै शुल्क तिर्नु पर्दैन। मनिटु मार्फत जति पटक नेपाल मा पैसा ट्रान्सफर हुन्छ त्यति नै पाउण्ड हेल्प फर नेपाल च्यारी लाई डोनेशन को रुप मा उपलब्ध हुने छ।
ग्राहक हरु ले मनिटु को सेवा लिन को सर्बप्रथम मनिटु एप डाउनलोड गर्नु पर्ने छ। यो एप गुगल प्ले स्टोर र एप स्टोर मार्फत सजिलै डाउनलोड गर्न सकिने छ। उक्त एप मा आफ्नो अकाउन्त बनाउन को लागि आइडि र सेल्फी को आवश्यक पर्दछ। दर्ता भई सके पछि मनिटु एप को माध्यम बाट नेपाल को जुन सुकै बैंक मा तुरुन्त जम्मा हुने गरि पैसा पठाउन सकिने छ। बैंक मा जम्मा हुनु का साथै ग्राहक हरु ले नगद प्राप्त गर्ने सुबिधा पनि एप मै समाबेश गरिएको छ।
यी सबै सुबिधा मनिटु को वेबसाइट https://bit.ly/3Ei6XF4 बाट पनि प्राप्त गर्न सक्नु हुने छ। मनिटु सम्बन्धि र हेल्प फर नेपाल क्याम्पेनको बारेमा थप जानकारी को लागि +४४ (०) २०३२९१२६२८ मा सम्पर्क गर्न सक्नु हुने छ।






