तमु धिं यूके लन्डन इकाइले लन्डनमा ल्होछार भब्य रुपमा मनाउने तयारी

शिब भण्डारी

लण्डन । तमु धिं यूके लन्डन इकाइले लन्डनमा ल्होछार भब्य रुपमा मनाउने तयारी गरेको छ ।

तमु धीं लन्डन इकाइको १० औं वार्षिकोत्सव, ल्होसार कार्यक्रम तथा पद हस्तान्तरण कार्यक्रम आगामी ७ तारिख आइतबार ग्रिन फोर्ड टाउन हल लन्डनमा हुने भएको छ ।

तमुधिं यूके लन्डन इकाइ अध्यक्ष दीपक गुरुङ ‘डेभिड’ले खी ल्होछार को अग्रिम शुभकामना व्यक्त गर्दै सबै तमुहरुलाई कार्यक्रममा उपस्थित भएर आफ्नो महान पर्व उमंगका साथ मनाउन अपिल गरेका छन् । कार्यक्रममा सहभागी हुन विभिन्न संघ संस्थालाई निमन्त्रणा पठाइएको महासचिव सुशील गुरुङले बताए ।

कार्यक्रममा दिउँसो १ बजेदेखि धर्मगुरुबाट धार्मिक पूजाको कार्यक्रम रहनेछ भने दिउँसो ४ बजेदेखि औपचारिक र सांस्कृतिक कार्यक्रमहरु सुरु हुनेछ । कार्यक्रममा ८ जना राष्ट्रिय कलाकारलाई निमन्त्रणा गरिएको छ । नेपालकी चर्चित गायिका मेलिना राई र गायक नरजङ्ग गुरुङको विशेष प्रस्तुति रहने भएको छ ।

त्यस्तै, लमजुङ समाज युकेको निमन्त्रणमा बेलायत आएका चर्चित लोकगायिका विमाकुमारी दुरा, धन गुरुङ, अश्मी गुरुङ, मञ्जु बिक र स्थानीय कलाकारहरुको समेत प्रस्तुति रहने कार्यक्रम संयोजकसमेत रहेका सांस्कृतिक सचिव भरत  गुरुङले बताए ।

आमा समूहका अध्यक्ष हुमकुमारी गुरुङ र महासचिव दिलमाया गुरुङले कार्यक्रममा महिला उपस्थितिलाई प्राथमिकता दिएको बताउँदै उपस्थित भइदिन संयुक्त अपिल गरेका छन् ।

कार्यक्रममा नवनिर्वाचित अध्यक्ष चन्द्रबहादुर गुरुङसहितका पदाधिकारीलाई पद हस्तान्तरण कार्यक्रम गरिनेछ ।