लण्डन । गैर आवासीय नेपाली संघ (एनआरएनए) युकेले भरपर्दो र प्रभावकारी सेवा दिने विश्वास व्यक्त गर्दै केही दिनमा आफ्नो कार्यालय संचालनमा ल्याउने भएको छ ।
बेलायतको अल्डरसटमा भाडामा लिइएको कार्यालयको साँचो अध्यक्ष प्रेम गाहामगर, कोषाध्यक्ष विष्णु खरेल र युवा संयोजक तिर्थ मल्ल (अनिल)ले बुझि सम्झौता पत्रमा हस्ताक्षर गरेपछि एनआरएनए युकेको कार्यालय संचालनमा आउने भएको हो ।
विगतमा एनआरएनए युके प्रमुख संरक्षक शेर सुनारको रेष्टुरेन्ट एउटा कोठा र व्यक्तिहरुको घरमा सम्पर्क कार्यालय रहेको एनआरएनए युके अव आफ्नै कार्यालय रहने छ । अध्यक्षका गाहामगर निर्वाचित भएपछि पहिलो बैठकले कार्यालय स्थापना गर्ने निर्णय गरेको थियो । उक्त निर्णयमा कार्यसमितिका अध्यक्षदेखि सदस्यसम्म सबैले महिनामा कम्तिमा २० पाउण्ड सहयोग गर्ने सर्वसम्मत निर्णय भएको थियो ।
उक्त निर्णयका आधारमा अध्यक्ष गाहामगर, उपाध्यक्ष शुनिल खड्का, कोषाध्यक्ष विष्णु खरेल र प्रवक्ता भरतमणि चोङवाङले कार्यालय स्थापनाका लागि काम गर्दै आएका थिए ।
‘नव निर्वाचित कार्यसमितिले अव आफ्नै कार्यालयमा बैठक बस्ने, पाहुनालाई स्वागत गर्ने र एनआरआरएनए युकेले बेलायतवासी नेपालीलाई कार्यालयबाटै सेवा गर्न पाउँने भएकोछ,,
सन् २००३ मा युकेबाट गैर आवासीय नेपाली संघ स्थापना भएपनि एनआरएनए युकेले आफ्नै कार्यालय स्थापना गर्न सकेको थिएन । गाहामगर नेतृत्वमा आएपछि कार्यसमितिले पहिलो प्राथमिकतामा कार्यालय स्थापनालाई राखेको थियो।
अध्यक्ष गाहामगरले एनआरएनए युकेको कार्यालय एक साता भित्रै तयार गर्ने गरि काम गरिरहेको जानकारी दिए ।गाहामगरले भने निवर्तमान कार्यसमितिले गाहामगरको कार्यसमितिलाई बुझ बुझारथ गर्न वाँकी छ ।






