लमजुङ- लमजुङ र कास्कीको सिमानामा रहेको रूदी खोलाको पुल भाँचिएर ना५ख ६३९५ नं. को बस खस्दा कम्तिमा पनि दुर्इजा यात्रुको ज्यान गएको छ ।
बस खसेपछि खोलाले एक यात्रुलार्इ बगाएको छ । यो दुर्घटनामा २५ जना घाइते भएको मा ८ जनाको अवस्था गम्भीर रहेको उद्धारमा खटिएका स्थानीयले जानकारी दिएका छन्
पोखराबाट लमजुङको रामबजार हुँदै कास्कीको मुंग्रेबेंसी भएर लमजुङको पसगाउँफेदी बगैँचातर्फ गइरहेको यात्रुबस बिहीबार दिउँसो १ बजे दुर्घटनामा परेको हो ।
उनका अनुसार रुदी र मादी दोभानको रुदीखोला माथिको पूल भाँचिएर यात्रुबहावक बस खोलामा खसेको थियो ।
इलाका प्रहरी कार्यालय भोर्लेटारका इन्सपेक्टर राधेश्यामसिंह सैथवारले घटनास्थलमा प्रहरी र एम्बुलेन्स पुगिसकेको छ।






