नेकपा एमालेका पोलिटब्यूरो सदस्य रामनाथ ढकालको स्वाइन फ्लूबाट निधन भएको छ । ढकालको ग्राण्डी अस्पतालमा उपचारका क्रममा आइतबार निधन भएको हो । अस्पतालका डा. प्रेम ज्ञवाली र अर्जुन कार्कीसहितको टीमले परिवारका सदस्यलाई ढकाललाई बचाउन नसकिएको जानकारी गराएको थियो ।
स्वाइन फ्लू संक्रमण भएपछि ढकाललाई चैत १४ गते अस्पताल भर्ना गरिएको थियो । आईसीयूमा उपचारका क्रममा उनलाई दिल्ली लैजान १४ गते नै एयर एम्बुलेन्स समेत बोलाइएको थियो । तर, मौसमले साथ दिएन भने उनको स्वास्थ्य गम्भीर बन्दै गएपछि १७ गते दिल्ली नलैजाने निर्णय भएको थियो । गुल्मीको खड्गकोटमा जन्मिएका ढकाल अखिलका पूर्व अध्यक्ष समेत हुन् । उनी अघिल्लो संविधानसभा/व्यवस्थापिकामा राज्य व्यवस्था समितिको सभापति थिए । बुढानिलकण्ठमा बस्दै आएका ढकालका दुई श्रीमती, दुई छोरा र एक छोरी छन् ।






