बेलायतमा किराँत राई यायोक्खाले मनायो भब्य रुपले उभौली साकेला

लण्डन । किराँत राई यायोक्खा वेलायतले किरात राईहरुको महान चाड उभौली साकेला भव्य रुपले मनाएको छ ।

२० मे शनिबार आफ्नै जग्गा किरात हाउस ग्याम्बल लेन गिलफोर्डमा विशेष कार्यक्रमको आयोजना गरि भब्य रुपले मनाएका हुन् ।कार्यक्रममा आफ्नै किरात भूमि नेपाललाई स्मरण गर्दै नेपाल र बेलायतको राष्ट्रिय गान बजाइएको थियो।

किरात राई यायोक्खा बेलायतका अध्यक्ष मेजर योगेश कोयी राईको अध्यक्षतामा सम्पन्न कार्यक्रममा संघीय सांसद दुर्गा राईको प्रमुख आतिथ्यता रहेको थियो ।अध्यक्ष मेजर राईले उभौली साकेला पर्वको महत्वबारे बताउदै साकेला कार्यक्रममा उपस्थित सबैलाई धन्यवाद दिएका थिए।

किराँत समुदायको भाषा संस्कार तथा संस्कृतिहरुको उत्सवको रुपमा मनाइने साकेला उभौली चार्डमा विशेष अतिथिको रुपमा बेलायतका लागि नेपाली राजदुत ज्ञानचन्द्र आचार्य,एनआरएनए यूके अध्यक्ष प्रेम गाहामगर,प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डका जनसम्पर्क विज्ञ बुद्धि जिसी,स्थानिय मेयर डेनिस बोथ,रहेका थिए।

कार्यक्रममा प्रमुख अतिथि एबम बिशेस अतिथिहरुले संयुक्त रुपमा दीप प्रज्वलन गरि विधिवत रुपमा संयुक्त रुपमा उद्घाटन गरेका थिए।

कार्यक्रममा प्रमुख अतिथि संघीय सांसद दुर्गा राई ,प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डका जनसम्पर्क विज्ञ बुद्धि जिसी,
बेलायतका लागि नेपाली राजदुत ज्ञानचन्द्र आचार्य,एनआरएनए युके अध्यक्ष प्रेम गाहा मगर,नेपाल आदीवासी जनजाति महासंघ बेलायतका अध्यक्ष कर्मा पहाडी शेर्पा,स्थानिय मेयर डेनिस बोथलगायतले बोल्दै साकेला उभौली पर्वको शुभकामना व्यक्त गरेका थिए ।

हेल्थ एण्ड सेफ्टी उपाध्यक्ष मेजर रिटायर्ड भूपजीत राईले अबगत गराएका थिए भने किराँत राई यायोक्खाका उपाध्यक्ष एबम कार्यक्रम संयोजक आशा राइले स्वागत मन्तव्य दिएकी थिइन् ।

किरात राई हाउस ग्याम्वल्सलेन वकिङमा बिहानै देखि उभौली पर्व मनाउनका लागि विभिन्न ठाउँबाट आएका किरात समुदायका मानिसहरु आफ्नो मौलिक भेषभुषा तथा संस्कृति सहित सुसज्जित भएर अतिथिहरुको स्वागत तथा सत्कारमा लागेका थिए । कार्यक्रम स्थल समेत सजाईएको थियो ।

दिनभरनै किरात राईहरुको साकेला उभौलीमा विभिन्न ठाउँबाट ल्याईएका आफ्ना झाँकीहरु प्रस्तुती गरिएको थियो । उक्त स्थल साकेला उभौलीमय बनेको थियो । सो अवसरमा किराती साँस्कृतिक बाजा ढोल झ्याम्टा बजाउंदै नाच प्रस्तुत गरेका थिए ।

कार्यक्रममा साकेला कार्यक्रमको सन्चालन का बा महासचिवमा किशोर चाम्लिङ्ग राई तथा उपमहासचिव किसन राईले गरेका थिए ।

कार्यक्रममा खानका लागि विभिन्न स्टलहरु समेत राखिएको थियो । साकेला उभौली मनाउन बेलायतका विभिन्न स्थानमा बस्ने किरात राईहरु उपस्थित भएका थिए ।

कार्यक्रममा बेलायतमा स्थापित संघ ,सस्थाका नेतृत्व वर्ग तथा प्रतिनिधिहरु,बेलायत स्थित अन्य समुदायका नेपालीहरु तथा किरात राइ समुदायको बाक्लो उपस्थिति रहेको थियो ।

कार्यक्रम बेलायतका विभिन्न प्रारम्भिक कार्यसमितिका प्रतिनिधि तथा पर्यवेक्षक सहित सहभागीतामा भव्य रुपमा कार्यक्रम सम्पन्न भएको हो ।

साकेला उत्सवमा उपस्थित सबैले साकेला नाचेर भरपुर मनोरन्जन लिएका थिए ।

IMG_3439IMG_3413