बेलायतको रश्मोर बरो सँग प्रधानमन्त्रीका विज्ञ र गुल्मीका ३ पालिका प्रमुखबीच भेटवार्ता,के भयो कुराकानी ?

शिब भण्डारी

लण्डन । बेलायतमा सबैभन्दा धेरै नेपालीहरुको बसोवास रहेको रश्मोर बरो काउन्सिल र नेपालका पालिका प्रमुख बीच भेटघाट भएको छ । प्रधानमन्त्री दाहालका जनसम्पर्क विज्ञ बुद्धि जिसी, धुर्कोट गाउंपालिका अध्यक्ष भुपाल पोख्रेल, चन्द्रकोट गाउंपालिका अध्यक्ष युवराज खत्री क्षेत्री र मालिका गाउंपालिका अध्यक्ष देवीराम अर्याल तथा रश्मोर बरो काउन्सिलका मेयर क्लाइभ ग्रेटन Councillor Clive Grattan, the Mayor of Rushmoor Borough Council तथा निवर्तमान मेयर जोन मार्शसगं भेटघाट सहित आपसी सम्बन्धका विषयमा छलफल भएको हो ।

रश्मोर बरो काउन्सिलका नवनियुक्त मेयर ग्रेटनको पदबहाली तथा सपथ ग्रहण र निर्वमान मेयर मार्शको पदबहाली हस्तान्तरण कार्यक्रमको अवसर पारेर उक्त भेटघाट भएको हो । भेटघाटमा नेपाली पालिका प्रमुखहरु समग्र नेपालको स्थानीय तहको अवस्था र विकासका बारेमा जानकारी गराएका थिए ।

ऐतिहासिक सम्बन्धले दुवै पक्षबीच सांस्कृतिक, पर्यटन, शिक्षा तथा व्यापारका क्षेत्रमा थप सहयोग पुग्ने आशा व्यक्त गरे।यस सम्बन्ध पछि भ्रमणको लागि एकपटक गुल्मी घुम्नको लागि सबैमा अनुरोध गरेका थिए ।

डेपुटि मेयर मारा माकुनुरा र काउन्सिलका लिडर डेभिड क्लिफर्ड समेत सम्मिलित भेटघाटमा स्थानिय तह र सेवाप्रवाहका साथै नेपाली भाषी तथा व्रिटिश गोर्खा अवस्थावारे परामर्श र जानकारी आदानप्रदान समेत भएको थियो । कार्यक्रमको संयोजन नेपाली मुलका काउन्सिलर जिव वेलवासे, नेम थापा, धन सार्किले गरेका थिए ।उक्त समारोहमा एनआरएनए यूके अध्यक्ष प्रेम गाहामगर ,गुल्मी जिल्ला समाज यूके संस्थापक अध्यक्ष ओमप्रसाद थापा लगायतको उपस्थिति रहेको थियो ।