प्रवासी नेपाली एकता मञ्च अन्तर्राष्ट्रिय कमिटीको अध्यक्षमा भक्त गुरूङ

लन्डन– नेकपा एमाले निकट प्रवासी नेपाली एकता मञ्च अन्तर्राष्ट्रिय कमिटी गठन भएको छ । एमालेद्वारा पार्टीको प्रवास कमिटीको प्रत्यक्ष सम्पर्क र समन्वयमा रहने गरी प्रवासी नेपाली एकता मञ्च युकेका केन्द्रीय अध्यक्ष भक्त गुरूङको अध्यक्षतामा प्रवासी नेपाली एकता मञ्च अस्ट्रेलियाका अध्यक्ष रमेश पाण्डे सचिव रहनु भएको प्रवासी नेपाली एकता मञ्च अन्तर्राष्ट्रिय कमिटी गठन भएको हो ।

संगठनको विश्वव्यापी संरचना सुसंगठित र सुसञ्चालित हुनमा थप बल पुगेको प्रवासी नेपाली एकता मञ्च युकेका महासचिव सुरेशजंग शाहले जानकारी दिनुभयो । उहाँले संगठनको विश्वव्यापी नेतृत्व र परिचालन गर्ने महत्वपूर्ण गहन कार्य प्रवासी नेपाली एकता मञ्च युकेका अध्यक्ष भक्त गरूङलाई दिइएकोमा एमाले केन्द्रीय कमिटी र प्रवास विभागलाई धन्यवाद दिनुभएको छ ।

‘अध्यक्ष गुरूङ्गको नेतृत्वमा नेपाली प्रवासी एकता मञ्च अन्तर्राष्ट्रिय कमिटीको कार्यकाल सफल रहोस भन्ने शुभकामना पनि व्यक्त गर्दछु,’ शाहद्वारा जारी विज्ञप्तीमा भनिएको छ ।