‘राजनीतिक सङ्कट समाधानका लागि सरकारलाई सहयोग गर्नुपर्छ’

Gopalman-Shresthaविराटनगर- नेपाली कांग्रेसका केन्द्रीय सदस्य गोपालमान श्रेष्ठले मुलुकमा राजनीतिक सङ्कट रहेकाले सबै दल एक जुट भएर सरकारलाई सहयोग गर्नुपर्ने बताउनुभएको छ ।

नेपाल प्रेस युनियन मोरङद्वारा आज बिहान विराटनगरमा आयोजित पत्रकार सम्मेलनमा उहाँले चार महिनादेखि नाकाबन्दीको अवस्था र भूकम्पपीडितको समस्यालाई समाधान गर्नुपर्ने समयमा सरकारलाई कमजोर बनाइयो भने मुलुकमा अन्योल छाउने स्पष्ट पार्नुभयो ।

उहाँले संविधानमा सबैको अधिकार सुनिश्चित गरिएको र वैवाहिक अङ्गीकृतलगायत नागरिकता सम्बन्धमा गरिएका व्यवस्थाको विषयमा उत्पन्न भ्रमलाई चिर्न नसकिएको बताउनुभयो ।

संविधान गतिशील दस्तावेज रहेकाले जनताको चाहना भएमा प्रदेशको सङ्ख्यामा बढोत्तरी हुन सक्ने उहाँको भनाइ थियो ।