काठमाण्डौ
काठमाडौंबाट थप एक किलो सुनजस्तो देखिने धातु बरामद भएको छ। तर यो सुन हो या होइन भनि यकिन गर्न भने बाँकी रहेको छ ।
बागबजारस्थित उमेश श्रेष्ठको घरबाट उनका आफन्त प्रशन्न श्रेष्ठको कोठाबाट थप एक किलो सुनजस्तो देखिने धातु बरामद गरेको प्रहरी स्रोतले जानकारी दिएको छ ।
महानगरीय प्रहरी वृत्त दरबारमार्गका घुमुवा प्रहरी को रुपका कार्यरत प्रशन्नको घरमा छापा मार्ने क्रममा उक्त धातु भेटिएको हो ।
प्रहरीले मंगलबार कमलादीबाट १५ किलो सुन जस्तो देखिने पहेँलो धातु बरामद गरेको पत्रकार सम्मेलन गरेर बताएको थियो । तर, परीक्षणका क्रममा साढे १४ किलो धातु चाँदी भएको पुष्टि भएको थियो ।
प्रकरणमा दरबारमार्ग प्रहरी प्रमुख डीएसपी दाहालको अपरेशनल नेतृत्व कमजोर देखिएको भन्दै उनलाई जिम्मेवारीबाट हटाइ प्रहरी एकडेमीमा काज सरुवा गरिएका छन् । प्रकरणमा यसअघि देवान पटेल, विजय पटेल र निलेश पटेल पूर्वी नवलपरासीबाट पक्राउ परेका छन् । यो सँगै सुन काण्डको अनुसन्धान फरक मोडमा पुगेको छ ।






