गुल्मी।गुल्मीमा शुक्रबार बेलुकी पहिरो जाँदा एकैघरका ४ जनाको मृत्यु भएको छ। रुरु गाउँपालिका वडा नं ५ आँटीपाटामा पहिरो जाँदा बिना माझी, उनका २ छोरा र एक छोरीको मृत्यु भएको स्थानीयले जानकारी गराएको गुल्मी प्रहरीले जनाएको छ।
तर प्रहरी घटनास्थलमा पुगिनसकेकाले स्थानीयको भनाइलाई नै आधार मानेको गुल्मी प्रहरी प्रमुख राजेन्द्र सिंह खड्काले जानकारी दिए।
स्थानीयले भने मृतकको शव निकालेको प्रहरीलाई बताएका छन्। २० घर रहेको उक्त गाउँमा कति ठूलो पहिरो गएको हो भन्ने विवरण प्राप्त हुन सकेको छैन।
घटनास्थलमा जानका लागि २ वटा प्रहरी टोली हिँडेको र घटनास्थल पुग्न करीब २ घण्टा लाग्ने प्रहरी प्रमुख खड्काले जानकारी दिए। घटनाबारे पूरा विवरण आउन बाँकी छ।






