लण्डन । मृगौला पिडित तनहुँका सोम विश्वकर्माको उपचारार्थ बेलायतमा सकंलित आर्थिक सहयोग हस्तान्तरण गरिएको छ । दुबै मृगौलाले काम गर्न छाडेपछि गण्डकी प्रदेश,तनहु जिल्लाको ब्यास नगरपालिका वडा नं ७ का विश्वकर्मा हाल उपचार गराईरहेका छन्।
४० वर्षका सोम बहादुर बिस्वकर्माको बिगत ८ महिना देखि दुबै मिर्गौलाले काम गर्न छाडेर अस्वस्थ भइ जीवन र मृत्यु सङ्ग संघर्ष गरिरहेका छन् । अहिले डायलोसिस प्रबिधी बाट उपचार गर्दै आएका उनलाई धेरै नै खर्च लाग्ने हुदा र आर्थिक स्थिती ज्यादै नै नाजुक हुदा पटक पटक डायलोसिस गर्न मुस्किल परेकोले केही आर्थिक सहयोग गरिएको किशन परियार ले भने,उनको परिवारको आर्थिक अवस्था कमजोर भएपपछि उपचारका लागि सहयोग सकंलन अभियान थालिएको थियो।पिडितहरुलाई थोरै भएपनी राहत होस् भनेर सहयोग जुटाएको उनले बताए ।

परियारले बेलायतका विभिन्न क्षेत्रमा कार्यरत नेपालीहरुबाट सकंलन गरेको ३ हजार ३ सय पाउण्ड अर्थात नेपाली ५ लाख रुपैयाँ पिडितको परिवारलाई हस्तान्तरण गरिएको हो । व्यास नगरपालिकामा आयोजित एक कार्यक्रमकाबीच उनका परिवारलाई सहयोग रकम प्रदान गरिएको हो ।
सहयोग सकंलनमा सयपत्री नेपाली सेवा समाज युकेका सदस्यहरु, “बिश्वकर्मा वेल्फेर सोसाइटी युके“का सदस्यहरु, “तीन दोभान तनहु समाज युके“ का सदस्यहरु र बेलायती सेनामा कार्यरत “इन्टेक ०३“का सदस्यहरुले सहयोग गरेका थिए ।
८ महिनादेखि मृगौला रोगका कारण अस्वस्थ उनको अहिले डायलोसिस प्रविधिबाट उपचार भईरहेको छ । पारिवारिक आर्थिक अवस्था अत्यन्तै दयनीय रहेका उनको सहयोगका लागि लाई आग्रह गरेका थिए ।। बाल्यकालमा आफुसगैं हुर्केको साथीको अवस्था देखेर आफुले थोरै भएपनि सहयोग सकंलन गर्न सकिन्छकी भनेर अभियान चलाएको अभियान्ता परियारले लण्डन नेपाल न्यूजलाई बताए ।
उनले सहयोग संकलन गर्न सहयोग गर्ने सयपत्री का सम्पूर्ण साथीहरुलाई आभार समेत व्यक्त गरेका छन् ।






