पर्सा । भारतीय सीमा सुरक्षा बलका जवानहरुको कुटाईबाट पर्साको अटिअर्वा नाकामा एक नेपाली घाइते भएका छन् ।
एसएसबीको कुटाईबाट मंगलबार कलैया उपमहानगरपालिका १० अटिअर्वाका सजिल नागरिक घाइते भएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।
भारतको आदापुर बजारमा किनमेल गर्न जाँदै गरेको मियाँलाई कुटपिट गरिएको विरोधमा मटिअर्वाका स्थानीयहरुले सीमानाकामा प्रदर्शन समेत गरेका छन्।
कुटपिटबाट घाइते मियाँको कलैया अस्पतालमा उपचार गराई घर फर्काइएको प्रहरीले जनाएको छ ।
बाराका प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर कटुवालले नेपाली कुटने भारतीय एसएसबीको जवानलाई कारबाही गर्न भारतीय दुतावासको जानकारी गराइएको बताए।






