लन्डन । एनआरएन आइसिसिको भाषा र साहित्य उपसमितिमा यूरोपका क्षेत्रीय सह निर्देशक गोविन्द प्रसाद गौतमको संयोजकत्वमा चयन भएका छन् । उपसमितिमा छ जना क्षेत्रिय सहसंयोजक, उन्नाइस जना सदस्यहरु र पाँच जना सल्लाहकारहरु चयन भएका छन् । जसमा सह संयोजकहरु डालेखनाथ काफ्ले, ताइवान (एशिया प्यासिफिक), डा. गोविन्द सिं रावत, क्यानडा, (नर्थअमेरिका), महेन्द्र कडेल। यूके (यूरोप), निश्प्रव साजी, अष्ट्रेलिया (ओशियाना, भगवती बस्नेत (इज्रायल ), रमेश कडेल, अफ्रिका (युगाण्डा ) चयन भएका छन् ।
त्यस्तैगरि, सदस्यहरुमा निलम कार्की यूएसए, प्रकाश पौडेल जापान ,सुरेन उप्रेती क्यानडा ,कमला प्रसाई यूएसए, रामकृष्ण शर्मा अष्ट्रेलिया ,डा मन मूर्ति भुर्तेल रुष, गोविन्द राम कडेल स्कटल्याण्ड ,विमल गिरी वेल्जियम, अमित राई कुवेत, फडिन्द्र भट्टराई यूके, शिव चापागाई डेनमार्क ,सर्वज्ञ वाग्ले यूएसए ,गणेश घिमिरे अष्ट्रेलिया ,विष्णु रिजाल स्पेन ,महेश्वर पन्त यूएसए, इश्वरी भट्ट यूएसए, सीताराम घिमिरे अष्ट्रेलिया अर्चना गुरुङ अष्ट्रेलिया ओमार गुरुङ स्पेन रहेका छन् ।
सल्लाहकारहरुमा गंगा उप्रेती ( कुलपति प्रज्ञा प्रतिष्टान नेपाल ), जीवा लामिछाने (पूर्व अध्यक्ष एनआरएनए आइसिसि ), हिक्मत थापा, कोषाध्यक्ष एनआरएनए आइसिसि, रमेश पौडेल ( रेडियो नेपाल ), कृष्णधारावासी साहित्यकार (यूएसए ) चयन भएका छन् ।






